कोशीको महिला फुटबल टोलीलाई आश्वासन दिँदै मुख्यमन्त्रीले यसो भने

११ भदौ ८१, बुधबार

१२ भदौ, विराटनगर ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेसनल वुमन्स लिग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा महिला फुटबल खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आश्वासन दिएका हुन् ।

Advertisement

आगामी भदौ १६ गतेदेखि सुरु हुने एन्फाको वुमन्स लिग भाग लिने टिमलाई बिदाइ गर्दै उनले कोशी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही न्युनतम् एक लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

उनले खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताए । उनले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिए ।

Advertisement

मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषदलाई बलियो बनाउने बताए । उनले भने, ‘हामी सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेका छौँ ।’

खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top