नेपाली चलचित्रमा विदेशी कलाकार,कस–कसले खेले ?

११ भदौ ८१, बुधबार

१२ भदौ , काठमाण्डौ ।

चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ । बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण गर्नुपर्ने बताए ।

उनले संसारभर नेपाली चलचित्रको माग बढेको र अब नेपाली चलचित्रले पनि विदेशमा नाम कमाउनुपर्ने बताएका छन् । अभिनेत्री दिया पुनले चलचित्रमा काम गर्न पाउँदा धेरै नै उत्साहित रहेको प्रतिक्रिया दिइन् । अभिनेत्री बेनिशा हमालले नेपाली सिनेमामा केही फरक र नयाँपन हुनुपर्ने र त्यो नयाँपन चलचित्र ‘एक्लो’ हुने बताइन् ।

Advertisement

बेलायती अभिनेता जेमी बेकनले नेपाली संस्कृतिको चलचित्रमा काम गर्न पाउँदा धेरै नै खुशी र उत्साहित रहेको बताए । चलचित्रले नयाँपन दिने कलाकारहरुको दाबी छ । बेलायती अभिनेता जेमी बेकन मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालामा स्वागत गरे ।

Advertisement

 

उनले आफू पहिले देखिनै नेपाल आउन चाहेपनि अहिले संयोग जुरेको बताए । बेकन यो फिल्मको लागि बेलायती निर्माण साझेदारको रूपमा समेत छन् । फिल्मले नेपाल र बेलायतबीच बलियो सम्बन्ध बनाउने उनको विश्वास छ । बेकन नेटफ्ल्क्सि शृङ्खला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् ।

साइन्स–फिक्सन फिल्म ‘एक्लो’मा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । फिल्म प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन् । अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् । नेपाली चलचित्रको इतिहास हेर्ने हो भने थुप्रै भारतीय कलाकारले कलिउडमा आएर अभिनय गरेका छन् । तुलसी घिमिरे, गोपाल भुटानी, तृप्ति नाडकर, उत्तम प्रधान, निरुता सिंह भारतबाट नेपाल आएर यहाँको चलचित्रमा सङ्घर्ष गर्दै स्थापित भएका नाम हुन् ।

चलचित्र ‘माइतीघर’मा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन् । तुलसी घिमिरेको पहिलो चलचित्र ‘बाँसुरी’की नायिका रजनी शर्मा भारतीय नागरिक हुन् । श्वेता तिवारी, मोनिका वेदी र प्रिती झिँगयानीले पनि नेपाली चलचित्रमा काम गर्दा हिन्दी चलचित्रमा अभिनय गरिसकेका थिए । नेपाली चलचित्र ‘काठमाडौं’ मा पनि बलिउड कलाकारको अभिनय देख्न पाइन्छ ।

यो चलचित्रमा अमेरिकी कलाकार रिया मर्फी थिइन् । मर्फी अमेरिकी वेब सिरिजकी कलाकार हुन् । चलचित्र ‘स्वीकार’मा अमेरिकी नागरिक कार्ला बत्रकी प्रमुख भूमिकामा थिइन् । यस्तै बलिउड अभिनेत्री सनी लियोनीले समेत नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्र पासर्वडमा उनले एक गीतमा नृत्य गरेकी थिइन् ।

जसको पारिश्रमिक उनले २ करोड बुझेको विषयले चलचित्र उद्योगमै चर्चा कमाएको थियो । पछिल्लो समय रिलिजको तयारीमा रहेको ह्स्वदीर्घ चलचित्रमा पनि भारतीय हास्य कलाकार ब्रह्मानन्दम् र अलीसहित गजनीका भिलेन तथा दक्षिण भारतीय कलाकार प्रदीप रावत र दक्षिण भारतीय सिनेमा पुष्पाको भिलेन सुनिल वर्मा लगायतको अभिनय रहेको बताइएको छ ।

यस्तै भुटानी नायिका उगेन छोदेन पनि नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । यस्तै बन्ने तरखरमा रहेको नायक प्रदीप खड्का को ‘ऐरी’ चलचित्रमा नेपाली र भारतीय कलाकारहरु देखिने बताइएको छ । यसमा बलिउडमा काम गरिरहेका भुटानी कलाकार साँगे सेल्ट्रिमलाई पनि अफर गरिएको बताइएको छ । उनले बलिउडका सलमान तथा साहरुख खानसँग अभिनय गरिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top