×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कुलमानलाई कारबाही गर्ने विषयमा कांग्रेस सांसद केसीले ‘नोट अफ डिसेन्ट’ लेख्ने

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर । 

सत्तारूढ दल नेकपा एमाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न अडानका साथ अगाडि बढिरहेको छ । तर, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने कुलमानलाई कारबाही गर्न नहुने बताउँछन् ।

Advertisement
Advertisement

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्न नहुने उनको तर्क छ । उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने-नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए । उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए ।

‘विद्युतीकरण र विद्युत् उपभोक्ता ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रुपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाउ भनेर समय, सीमा तोकिदिने र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने सिवाय लेखा समितिले अरु कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नुहुन्न भन्ने अडानमा म छु,’ उनले भने ।

Advertisement
Advertisement

सार्वजनिक लेखा समितिको सदस्यसमेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top