×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

अमेरिकामा मुनामाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

१३ भाद्र २०८१

१३ भदौ , एजेन्सी ।

अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।  मुना प्रेम सम्बन्धमा रहेका युवक यस घटनामा संलग्न हुनसक्ने आशंका यसअघि गरिएको थियो । तर सार्वजनिक भएको तस्बिरमा देखिएका मानिस ती युवक नहरेको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement

स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ ।चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डेको गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो । सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् ।

प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको छ । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ ।

अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कलाई काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् । आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् ।

प्रहरीले सिसीटिभीमा हेर्दा भने प्रेमी भनिएका व्यक्ति नरहेको बताइसकेको छ । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । मुनाको शव पोस्टमार्टम गरी ह्युस्टन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन् । तर उनले आर्थिक समस्या भएको बताएकी छन् । यसैबीच मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ ।

२५ हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानमा अहिलेसम्म १० हजार डलर संकलन भइसकेको छ । यो अभियानमा सहयोगका लागि सबैसँग अपिल गरिएको छ ।

मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ । एकल महिला अनिताले मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो गरेकी छन् ।

Advertisement
Advertisement

छोरीको न्यायका लागि हत्यारा जसरी पनि पत्ता लगाउन उनले सम्बन्धित सबैसँग आग्रह पनि गरेकी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top