हारको झोँकमा दर्शक कुटेपछि………

१२ भदौ ८१, बिहीबार

१३ भदौ , एजेन्सी ।

लिभरपुलका स्ट्राइकर डार्विन नुनेज प्रतिबन्धमा परेका छन् । दक्षिण अमेरिकी फुटबल संस्था कोन्मेबोलले जुलाईमा कोलम्बियाविरुद्धको कोपा अमेरिकाको सेमिफाइनलमा दर्शक कुट्न गएका उरुग्वेका खेलाडीलाई प्रतिबन्ध लगाएको हो ।

नुनेज उरुग्वेका पाँच खेलमा मैदान बाहिर रहनेछन् । यस्तै, टोटेनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टान्कुरलाई चार खेलको प्रतिबन्ध लगाइएको छ । म्याथियास ओलिभेरा, रोनाल्ड अराउजो र जोस मारिया गिमेनेजले समान तीन–तीन खेल गुमाउनेछन् ।

Advertisement

उरुग्वेले विश्वकप छनोटको अर्को खेल सेप्टेम्बर ६ मा पाराग्वेसँग खेल्नेछ भने त्यसको चार दिनपछि भेनेजुएलामा खेल्नेछ । नुनेजले अक्टोबरमा पेरु र इक्वेडरसँग तथा नोभेम्बरमा कोलम्बियाविरुद्धको घरेलु खेल गुमाउनेछन् ।

चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा कोलम्बियासँग १–० ले पराजित भएपछि उरुग्वेका खेलाडीले दर्शक कुट्न गएका थिए । त्यस्तै, नुनेजलाई २०, बेन्टानकुरलाई १६ र ओलिभारा, अराउजो र गिमेनेजलाई १२–१२ हजार डलर जरिवाना तोकिएको छ ।

Advertisement

उरुग्वेका अन्य सात खेलाडीलाई पनि जनही पाँच हजार अमेरिकी डलर जरिवाना तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top