भेरीको पानी सुर्खेतमा, पम्पिङको ३ अर्बको ठेक्का चीनलाई

१२ भदौ ८१, बिहीबार

१३ भदौ , काठमाण्डौ।

सुर्खेतमा रहेको खानेपानीको संकट समाधानका लागि भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउने अन्तिम तयारी गरिएको छ । साढे ३ अर्ब बजेटको यो आयोजनाको जिम्मा ७ वटा कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले पाएको छ। भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।

‘ग्लोबल टेण्डर’ मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । आयोजना निर्माणका लागि तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० रुपैयाँको लागतमा चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेश्नल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन निङ्बो चाइना कम्पनी लिमिटेडबीच आयोजना निर्माणका लागि हिजो सम्झौतापत्रमा हस्ताक्षर भएको हो

Advertisement

एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतिनिधि सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।तीन वर्षसम्म पहिलो चरणको काम सक्ने गरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सात वटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको एकाइ प्रमुख साहले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

आयोजना ६ वटा पालिकामा लागू हुने भन्दै कार्यान्वयनको शुरुआत वीरेन्द्रनगर नगरपालिकाबाट हुने र यसले प्रतिसेकेण्ड पाँच सय ६० मिलिमिटर पानी आउने बताए ।आयोजनाका लागि ७० प्रतिशत सङ्घीय सरकार, ३० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट रकम जुटाइनेछ ।

Advertisement

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आकलन गरेर खानेपानी आयोजना बनाइएको हो। भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी पुर्याइनेछ।त्यहाँ रु ९० लाख लिटरको ट्याङ्की निर्माण गरिनेछ।

पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृतडाडाँबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन्। विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब रुपैयाँ अनुदान दिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top