फेरि बस पल्टियो, २ को मृत्यु, २७ जना घाइते

१२ भदौ ८१, बिहीबार

१३ भदौ , काठमाण्डौ।

आज फेरि अर्को सडक दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् । बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाईते भएका छन् । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

भुसाल बसका सहचालक हुन् । डिएसपी डाँगीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरूमध्ये भेरी अस्पतालमा ५ जनाको र कोहलपुर मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ । एक जना डिस्चार्ज भइसकेका छन् । दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर – नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भई बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो ।

Advertisement

डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्डमै पल्टिएको थियो । चालक प्रहरीको नियन्त्रणमा छन् । यसैबीच देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख गाडीमा १० खर्ब रुपैयाँभन्दा धेरै लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिए ।

Advertisement

सडक दुर्घटनाबाट अहिले दैनिक सात जनाको ज्यान जानुका साथै ४० जना घाइते हुने गरेका छन् । उनले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । गृहमन्त्री लेखकले भने सडक दुर्घटना न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्न र यात्रुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले दुर्घटना एकदमै बढिरहेकाले सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरी लगायतलाई आउँदो दुई÷तीन महिनामा दुर्घटना कम भएको परिणाम देखिनेगरि काम गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top