ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्

१२ भदौ ८१, बिहीबार

१३ भदौ , काठमाण्डौ ।

अमेरिकामा बेपत्ता ममता काफ्लेको अझै अत्तोपत्तो छैन् । उनको हत्या अझै रहस्यमय छ । प्रहरीले उनका श्रीमानलाई मुख्य अभियुक्त बनाउँदै पक्राउ गरेको छ । आमा बेपत्ता र बाबु प्रहरी हिरासतमा पुगेपछि अभिभावकविहीन भएकी उनीहरुकी एक वर्षीया छोरीले अहिले भने हजुरआमाको काख पाएकी छन् ।

अमेरिकामा विगत एक महिनादेखि वेपत्ता भएकी ममता काफ्लेकी छोरीलाई उनकी हजुरआमा र मामाको जिम्मा लगाइएको छ। ममता बेपत्ता रहेको र श्रीमान नरेश भट्ट बेपत्ताकै अभियोगमा पक्राउ परेपछि उनकी एक वर्षकी छोरीलाई प्रहरी अधिकारीले सामाजिक संस्थाको जिम्मा लगाइएको थियो ।

Advertisement

अमेरिकी प्रहरीले नाम दिएको ‘मिनी ममता’ ले अहिले आफ्नी हजुरआमाको काख पाएको ममताकी आमालाई अमेरिका पुर्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहालले बताएकी छिन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ‘मिनी ममता’ लाई जिम्मा लिएका हुन् ।

वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् । ‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले अमेरिकी संचारमाध्यामहरुमा भनेकी छन् । दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् ।

Advertisement

‘मिनी ममता’ लाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहालले बताएकी छन् । ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो ।

गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हस्तान्तरण गरिनेछ । ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै रहेका छन् । एक महिनायता ममतालाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ ।

अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजीमा ठोस उपलब्धि हासिल गर्न सकेको छैन् । उनका श्रीमान् नरेश भट्टमाथि प्रर्याप्त प्रमाणको अभावमा शव व्यवस्थापन गरेको आरोप लगाएपनि उनैले हत्या गरेको हुन् सक्ने आशंका मात्रै प्रहरीले गरेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको थियो ।

उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् । तर, नरेशले आफूमाथिको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् ।

नरेशलाई हिरासतमा राखेर अनुशन्धान गर्न अक्टोबरसम्मको समय पाएको प्रहरी मंगलबार दोस्रो पटक ममता र नरेशको घर पुगेको छ । उनीहरूले ममतालाई के भयो भन्ने थप प्रमाणहरू खोज्न अर्को खोजी वारेन्ट लिएर घरमा पुगेको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । काभ्रेकी ममताले भारतको बैंग्लोर बसेर नर्सिङ पढ्दैगर्दा सामाजिक सञ्जालमार्फत् भएको चिनाजानीलाई नरेशसँग विवाहमा परिणत गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top