×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना

१४ भाद्र २०८१

१४ भदौ ,काठमाण्डौ

सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

Advertisement
Advertisement

हालकी मुख्य सचिव लीलादेवी गडतौला आजदेखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन् ।

यद्यपी उनी निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका छन् । सचिवमा सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए ।

तर अर्याल वरीयतामा चौथो थिए । उद्यपि उनी नेतृत्वदायी भूमिकामासमेत अग्रणी मानिने प्रष्ट प्रोफेसनल कर्मचारी मानिन्छन् । नेतृत्वमा उनको आगमनसँगै सार्वजनिक प्रशासनमा केही सुधारको अपेक्षा राजनीति र प्रशासन क्षेत्रबाट गरिएको छ ।

२०२४ मंसिर १० मा स्याङजामा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए । खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए ।

सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए । भ्रष्टाचार मुद्दाले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि नै मुख्यसचिवमा अर्याल चर्चामा थिए । बीचमा एक महिना कार्यकाल रहेकी लीलादेवी गड्तौलालाई सरकारले मुख्यसचिव बनायो ।

अहिले उनको कार्यकाल सकिने अन्तिम प्रहरमा सरकारले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्यालले अब करिब दुई वर्ष मुख्यसचिवका रूपमा कार्य गर्नेछन । विद्यमान निजामती सेवा ऐनले निजामती कर्मचारीको उमेरहद ५८ वर्ष तोकेको छ ।

मुख्यसचिवको कार्यकाल तीन वर्ष हुने भए पनि विद्यमान कानुनी व्यवस्थाअनुसार उमेरहदका कारण आफू करिब दुई वर्ष मुख्यसचिवमा बहाल रहने अर्यालले बताए । मन्त्रिपरिषद्बाट मुख्यसचिवमा नियुक्तिको निर्णयपश्चात् अर्यालले पदमा रहँदा सुधारका अधिकतम प्रयास गर्ने प्रतिक्रिया दिएका छन ।

‘निजामती प्रशासनमा सुधार गर्दै सेवालाई प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने मेरो योजना छ,’ उनले भने, ’संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रयत्न पनि गर्नेछु ।’ ३० फागुन ०८० देखि गृहसचिवका रूपमा कार्यरत अर्याल त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

काठमाडौंसहित तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सचिव) र कोलकाताको महावाणिज्य दूतलगायतका महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर काम गरेको अनुभव अर्यालसँग छ ।

यसैबीच नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएपछि अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत् बधाई दिँदै उनले नागरिकलाई सेवा प्रवाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन मुख्यसचिव अर्याललाई सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउन, तत्काल गुनासो सुन्न र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन पनि सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ?

विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न सहयोग पुग्ने पनि प्रधानमन्त्री ओलीले सुझाएका छन् ।

उनले लेखेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक ,सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ।

यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्। राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना!!’

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top