फ्रान्सको टोलीमा एम्बाप्पे र ग्रिजम्यान, अरू को-को ?

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर । 

फिफा विश्वकप २०१८ को विजेता फ्रान्सले युइएफए नेसन्स लिगका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । बिहीबार मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पले सार्वजनिक गरेको फ्रान्सेली टोलीमा २३ खेलाडी अटाएका छन् ।

फ्रान्सको टिममा रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पे, एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् ।

फ्रान्सले ६ सेप्टेम्बरमा इटालीसँग खेल्दै चौथो संस्करणको नेसन्स लिगको थालनी गर्ने छ । त्यसको तीन दिनपछि हुने अर्को खेलमा भने फ्रान्सले बेल्जियमसँग खेल्ने छ ।

फ्रान्स सन् २०२०-२१ को युइएफए नेसन्स लिगको विजेतासमेत हो । उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो । त्यसभन्दा अघिल्लो संस्करणमा भने नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो ।

अघिल्लो संस्करणमा भने क्रोएसियामाथि पेनाल्टीमा जित निकालेको स्पेनले नेसन्स लिगको उपाधि जितेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top