१४ भदौ, विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको ३० दिनभित्र प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुपर्ने भएको छ ।
कोशी सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने देखिएको हो ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । दलका नेता ईन्द्रबहादुर आङ्बोले समर्थन फिर्ताको पत्र प्रदेशसभामा पठाइसकेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले समर्थन भने फिर्ता लिएको थिएन । तर, स्थगन भएको दुई महिनापछि शुक्रबार प्रदेशसभाको बैठक बस्नुअगाडि नै माओवादीले समर्थन फिर्ता लिएको हो ।असार ८ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभाको आज दिउँसो बसेको थियो ।