प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

१३ भदौ ८१, शुक्रबार

१४ भदौ , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आफैलाई माओवादी अध्यक्ष पदभन्दा धेरै माथि पुगेको दाबी गरेका छन् । त्यो पनि देश दुनियाका लागि । साथै पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको पनि बताएका छन् । आफूले नेपालमा मात्रै होइन विश्वमै एक स्थापित नेताको छवि बनाएको समेत प्रचण्डले दाबी गरेका छन् ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘प्रचण्ड’ अध्यक्ष पदभन्दा माथि भएको दाबी गरेका हुन् । प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आइपुगेका प्रचण्डले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका उपमहासचिव जनार्दन शर्मालाई समेत छेउमै राखेर नेतृत्व हस्तान्तरण आवश्यक नरहेको समेत बताए ।

Advertisement

उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन्, अध्यक्ष पद मेरा लागि ठूलो हैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो । देश दुनियाँमा नै संसारले एउटा ठूलो परिर्वतन तथा क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेको छ । मैले अध्यक्ष नै हुनुपर्छ भन्ने मेरो धारणा छैन् । एउटा राम्रो टिम बनेपछि म अर्काे भूमिकामा जाने सोचिरहेको छु।’ प्रचण्डले भने ।

यस्तै उनले उपमहासचिव शर्माले पेस गरेको प्रतिवेदनका विषयमा माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेको पनि दाबी गरे । उक्त विषय गलत प्रचार गर्न नियोजित रूपमा भ्रम सिर्जना गरेको धारणा व्यक्त गरे । यस्तै पार्टीभन्दा बाहिरको प्रसंगमा बोल्दै उनले यो सरकार किन फेरियो भनेर नेपालमा आफूले जति कसैले नबुझेको बताए ।

प्रचण्डले सरकारको सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्याजती र गलत काम भएको बताएका हुन् । गलत काम भए हामी छोड्दैनौ भन्ने हाम्रो भाषा हो । त्यो विद्रोहको भाषा भनिदैन उनले भने, ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागि परेको अध्यक्ष प्रचण्डले बताए । एमाले सांसद्हरुले सदनमै ‘हिंसा’ शब्द प्रयोग गरेको उपयुक्त नभएको बताए । संविधानमा नै माओवादी जनयुद्ध शब्द प्रयोग गरिएको भएको अध्यक्ष प्रचण्डले जिकिर गरे । अपमानित हुने किसिमले माओवादी केन्द्रलाई ऐतिहासिक भूमिका र महत्त्वलाई नबोल्दा राम्रो हुने जानकारी दिए ।

पछिल्लो नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियनसहित १० देशले स्वागतसहित बधाई दिएका थिए । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकारले अगाडिको मार्ग पहिल्याउँदै पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पु¥याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पु¥याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको उनीहरूले उल्लेख गरेका छन् । यसरी संयुक्त व्यक्तव्य जारी गर्ने मुलुकहरूमा संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्स रहेका छन् । टीआरसी विधेयक संसदबाट पारित भएसँगै यो राष्ट्रपतिबाट समेत प्रमाणिकरण भईसकेको छ ।

साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक राष्ट्रियसभाबाट भदौ ६ मा पारित भएको थियो । अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ। प्रचण्डले टीआरसी विधेयकलाई सहमतिका साथ नै टुंग्याउनुलाई सबैभन्दा बढी सफलताका रुपमा लिने गरेका छन् । उनले आफूले नेतृत्व गरेको १० वर्ष शसस्त्र संघर्षको शान्तिपूर्ण अन्त्य हुनु नै विश्वका लागि एक ठूलो अनुकरणीय उदाहरण रहेको बताउने गरेका छन् ।

यस्तै गएको अक्टोबरमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र अप्रिलमा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई कुटनैतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि आफ्नै कार्यकालमा नेपाल भ्रमण गराउन सफल हुनुलाई समेत प्रचण्डको सफलताका रुपमा हेर्ने गरिएको छ । प्रचण्ड तीन दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा छन् भने उनी तीन पटक देशको प्रधानमन्त्री बनिसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top