NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

प्रहरीको आँखा छल्न नरेशले यतिसम्म गरे

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ भदौ ,  काठमाण्डौ ।
काभ्रेको पनौती माइती र कञ्चनपुर घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टलाई आफन्तजनले खोज्न थालेको एक महिना बितिसक्यो । एक वर्षे बालिकाकी आमा र पेसाले नर्स रहेकी ममतालाई अमेरिकन प्रहरीले पनि पछिल्लो केही सातायता खोजिरहेको छ । तर, उनलाई न परिवार–आफन्तजनले भेट्न सकेका छन्, न त प्रहरीले नै फेला पारेको छ ।

ममताको वीभत्स हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले उनका पति नरेश भट्टमाथि अदालतमा मुद्दा चलाएर अनुसन्धान प्रक्रियालाई तीव्र पारेको छ । घरभित्रै मारेर शव बाहिर लुकाएको भन्दै ३७ वर्षीय भट्टलाई हिरासतमा राखेर ममतालाई खोजिरहेको छ । ममता ज्युँदो भेटिने सम्भावना त्यागिसकेको प्रहरीले मृतावस्थामा भए उनको शव फेला पार्न अनेक प्रयास गरिरहेको छ ।

मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोले मंगलबार रिपोर्टरसँगको कुराकानीमा ममताको जीवित फेला पार्ने सम्भावना सकिएको बताएका छन् । तथापि, खोजी कार्यलाई टुंगोमै पु¥याएर छोड्ने उनको भनाइ छ । बिहीबार बिहान भर्जिनिया अदालतमा प्रहरीले भट्टलाई उपस्थित गराएको थियो, जहाँ उनले हत्या अस्वीकार गर्दै बरु आफू उल्टै पीडित रहेको पटक–पटक दोहो¥याएका थिए ।

सिएनएनका अनुसार कोर्टले ममता हत्या प्रकरण ग्रान्ड ज्युरीलाई नै सुम्पिने निर्णय लिएको छ, अब उसले अभियोग जारी गर्ने सम्भावित कारण भए–नभएको भनेर निर्क्यौल गर्ने छ । ममता काफ्लेको शव लुकाएको मुद्दामा पक्राउ परेका श्रीमान् नरेश भट्टको मोशन अदालतले स्वीकार गरेको छ । अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि नरेशले अदालतमा मोशन दायर गरेका थिए ।

बिहिबार बिहान ९ बजे भएको सुनुवाइमा अभियोजकहरूले नरेशको प्रस्तावमा विरोध नगरेपछि मोशन स्वीकृत गरिएको हो । नरेशलाई सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो । नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको हो । मोशन स्वीकृत भएकाले अब अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाई रद्द भएको छ ।

प्रारम्भिक सुनुवाई रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले यसलाई रद्द गराउन चाहेका थिए । प्रारम्भिक सुनुवाइले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ ।

प्रहरीका अनुसार गत जुलाई २७ मा ममता मनाससस्थित युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् । उनले त्यहाँको सर्जिकल युनिटमा रजिस्टर्ड नर्सका रूपमा काम गर्दै आएकी थिइन् । जुलाई २८ मा ममताले आफ्नी साथीसँग कुरा गरेकी थिइन् । सोही दिन उनले आफ्नो टिकटक अकाउन्टमा आफू र छोरीको भिडियो पोस्ट गरेकी थिइन् । ममता काफ्ले हप्ताको दुई दिन उक्त अस्पतालमा काम गर्थिन् ।

उनले अगस्ट १ र २ मा अस्पतालमा ड्युटी गर्नुपर्ने तालिका थियो । तर, उनी काममा पनि गइनन् र फोन पनि गरिनन् । ममता हराएपछि अगस्ट २ मा प्रहरी मनाससस्थित उनीहरूको घर पुगेको थियो । ममता हराएकोबारे प्रहरीले नरेशलाई सोध्दा उनले पत्नी हराएकै बेला रिपोर्ट गर्न नचाहेको सुनाएका थिए । त्यसको तीन दिनपछि ममता हराएको निवेदन पेस गरेका उनले पछिल्लोपटक ३१ जुलाईमा सँगै टेबलमा बसेर खाना खाएपछि आफूले उनी सम्पर्कमा नरहेको जनाएका थिए ।

नरेश पूर्व फायरफ्याक्स कन्ट्री प्रहरी हुन् र पूर्व अमेरिकन आर्मी पनि हुन् । त्यसपछि ५–८ अगस्टमा नरेशले अनुसन्धानमा प्रहरीलाई सघाएका थिए । ममतालाई खोज्ने साथी–आफन्तको भिडमा बसेर मिडियामार्फत् चाँडै फर्क भनेर सन्देश समेत पठाए ।

सन्देशमा उनले भनेका छन्, ‘हे ! तिमी फर्किदेऊ । म र छोरी तिमीलाई प्रत्येक सेकेन्ड, प्रतिमिनेट पर्खिरहेका छौं । यदि, तिमीले सुनिरहेकी छौं भने हामी यहाँ तिमीलाई पर्खिरहेका छौं । हामी तिमीलाई चाहन्छौं ।’

त्यसपछि विस्तारै आशंको घेरामा पर्दै गएका उनलाई प्रहरीले ममताको शव व्यवस्थापन गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यता ममताका परिवारका २ सदस्य न्याय माग्दै अमेरिका पुगेका छन् । एक वर्षीया छोरीको जिम्मेवारी भने अमेरिका पुगेका उनकी हजुर आमा र मामाले लिएका छन् ।

Tags: #ममतालाई नरेशको सन्देश

लोकप्रीय

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

विचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.