×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?

१५ भाद्र २०८१

१५ भदौ, एजेन्सी ।

अमेरिकाको भर्जिनियाबाट हराएकी नेपाली नर्स ममता भट्ट काफ्लेको हत्या भएको आशंका प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । २८ वर्षीया ममताको हत्या उनकै पति नरेशदत्त भट्टले गरेको आरोपमा अमेरिकन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

काभ्रेको पनौती घर भएकी ममता १ अगस्टदेखि बेपत्ता बनेकी थिइन् । २८ जुलाईमा आफूसँग बसेर डिनर खाएयता सम्पर्कमा नभएको बताउने नरेशले नाटकीय रूपमा ५ अगस्टसम्म प्रहरी निवेदन दिएका थिएनन् ।

बेपत्ता ममताको खोजीमा जुटेको प्रहरीले उनको हत्या भएको आशंकामा ३७ वर्षीय नरेशलाई पक्राउ गरेर अभियोजन गरिसकेको छ । श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश अहिले प्रहरी हिरासतमा छन् । जमानतमा छुट्न नपाउने गरी अक्टोबर २४ सम्म उनलाई त्यहाँको अदालतले जेल चलान गरेको छ ।

प्रहरीले हालसम्म ममताको शव फेला पार्न सकेको छैन । नरेशले ममताको शव कहाँ गाडेका छन् भन्ने कुरा निर्क्यौल गर्न प्रहरी कम्मर कसेर लागिपरेको छ । उनको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत मिलेपछि शुक्रबार राति अबेरसम्म प्रहरीले खोजतलास गरेको थियो ।

मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले पार्क नै बन्द गरेर खोजी गरेको थियो । भट्टले ममताको शवलाई उक्त पार्कमा पुर्‍याएर कतै गाडेको हुन सक्ने आशंका गरिएको छ । तर, अहिलेसम्म ममताको शव भेटिएको खबर आएको छैन ।

पछिल्लोपटक भने प्रहरीले ममताको हत्या भएको पुष्टि गर्ने तस्बिर भन्दै केही फोटोहरू सार्वजनिक गरेको छ । प्रहरीले घरमै रगतको आहाल फेला पारेको जनाएको । सार्वजनिक भएको नयाँ तस्विर वाथरुमको हो । जहाँ रगत जमेको देखिएको छ ।

बेड रुमको भुँइ फ्लोरमा कार्पेटमा रगतका केही छिटाहरू र बाथरुमको भित्र समेत रगतका छिटाहरू फेला परेको अमेरिकी प्रहरीले जनाएको छ ।

पछिल्लो पत्रकार सम्मेलनमा मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले अनुसन्धानलाई सघाउने खालका केही तस्बिरहरू फेला परेको जनाउँदै चाँडै नै घटनाको निष्कर्ष निकाल्ने बताए । ‘हामीले थप प्रमाण फेला पारेका छौं ।

तर, अहिले नै यसबारे भन्न सकिने अवस्था छैन । हामीले यस केसमा प्रगति गरिरहेका छौं,’ फक्स–५ सँगको कुराकानीमा उनले भनेका छन् ।

ममता र नरेशकी नीमा नाम गरेकी एक वर्षीया छोरी पनि छिन् । उनलाई लिन ममताकी आमा अमेरिका पुगेकी छन् । ममता बेपत्ता प्रकरणबारे प्रिन्सि विलियम काउन्टीको ‘ग्रान्ड ज्युरी’ मार्फत् अक्टोबर ८ को अमेरिकी समयअनुसार बिहान १० बजे सुनुवाइ हुने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top