१६ भदौ, विराटनगर ।
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले दोस्रो जित निकालेको छ । शनिबार राति आफ्नो चौथो खेल खेलेको एट्लेटिको मड्रिडले एट्लेकिको बिल्बाओलाई १-० गोलले हराएको हो ।
एट्लेटिको बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन १-० गोलले हरायो । खेल सकिनलाग्दा एन्जल कोरेर्राले गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो ।
जितसँगै चार खेलबाट ८ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । ऊ शीर्षस्थानको बार्सिलोनाभन्दा चार अंकले पछाडि छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि ७-० गोलान्तरको फराकिलो जित निकालेको थियो । त्यसअघि उसले रायो भालेकानो, एट्लेटिक बिल्बाओ र भ्यालेन्सियालाई हराएको थियो ।लगातारको चौथो जितसँगै बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ ।