Nepal Times
Nepal Times
3
Shares

बुन्डेसलिगामा १५ महिनापछि पहिलोपटक हार्‍यो लिभरकुजेन

बुन्डेसलिगामा १५ महिनापछि पहिलोपटक हार्‍यो लिभरकुजेन

१६ भदौ, विराटनगर ।

जर्मन बुन्डेसलिगामा साविक विजेता लिभरकुजेनले १५ महिनापछि पहिलोपटक हार खेपेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा आरबी लाइपजिगसँग ३-२ गोलान्तरले पराजित भएको हो ।

अघिल्लो सिजन लिभरकुजेनले एउटा पनि हार नखेपी बुन्डेसलिगाको उपाधि जितको थियो । उसले ३४ खेलमध्ये २८ खेलमा जित र ६ खेलमा बराबरी खेल्दै ९० अंकका साथ लिग उपाधि उचालेको थियो ।

त्यसघि लेभरकुजेन मे २०२३ पछि पहिलोपल्ट जर्मन प्रतिद्वन्द्वीसँग २–३ ले पराजित भएको थियो । तर, त्यसयता एउटा पनि हार नबेहोरेको उसले नयाँ सिजनको पहिलो खेलमा पनि जित निकालेको थियो । गए राति भएको खेलमा भने लिभरकुजेन पराजित हुन पुग्यो ।

लिभरकुजेनले खेलको ३८औं र ४५औं मिनेटमा दुई गोल गरी २-० को अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको लाइपजिगले ५७औं र ८०औं मिनेटमा गोल गर्दै जित निकाल्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.