×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

१६ भाद्र २०८१

१६ भदौ , एजेन्सी ।

युक्रेनसँग युद्ध लडिरहेको रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार रहेका छन् ।रुस हेलि बेपत्ता हुँदा छिमेकी राष्ट्र भारतमा भने यात्रु लिएर उडेको इन्डिगोको विमान ठूलो दुर्घटना हुन्बाट जोगिएको छ ।

Advertisement
Advertisement

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको छ । कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समयानुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्कविच्छेद भएको छ ।

हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।” सुदूर पूर्वको कामचटका क्षेत्रमा रहेको भाचकाजेक ज्वालामुखी नजिकै उडिरहेको हेलिकप्टर बेपत्ता भएको हो ।

त्यहाँको राज्य समाचार एजेन्सीले विट्याज–एरो एयरलाइन्सद्वारा सञ्चालित एमआई–८टी हेलिकप्टर बिहान उडान भर्दा सम्पर्कविहीन भएको जनाएको छ। आपतकालीन सेवाका अनुसार एमआई–८टी हेलिकप्टर उडान भरेको केही समयमै राडारबाट गायब भएको थियो ।

रुसी अधिकारीका अनुसार, अरू हेलिकोप्टरमा पठाइएका उद्धार टोलीहरूले हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् । एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकोप्टर हो । रुसमा यातायातका निम्ति त्यो व्यापक रूपमा प्रयोग गरिन्छ ।

आपत्कालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार, हेलिकोप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो । चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन । मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

प्रायः उडानका निम्ति प्रतिकूल मौसम रहने रुसको सुदूरपूर्वी क्षेत्रमा विमान र हेलिकोप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो बस्ती र कम जनसंख्या छ । सन् २०२१ अगस्टमा १३ पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकोप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका निम्ति आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसमा २२ यात्रु र ६ चालक दलका सदस्य थिए । यता भा ारतमा यात्रु लिएर उडेको इन्डिगोको विमान ठूलो दुर्घटना हुन्बाट जोगिएको छ ।

शुक्रबार राति भारतको कोलकाता विमानस्थलबाट बैंगलोरका लागि उडेको इन्डिगोको विमान ठूलो दुर्घटनाबाट बचेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोको फ्लाइट ६ई०५७३ विमान उडेको केही मिनेटमै बायाँ इन्जिन फेल भएको हो ।

तर त्यसलाई सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइयो । अधिकारीहरूका अनुसार कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल ९एनएससीबीआई० बाट उक्त विमान शुक्रबार राति १०ः३६ मा उडेको थियो ।

तर आपत्कालीन अवस्थाका कारण राति १०ः५३ बजे फेरि कोलकाता नै फर्काउनप¥यो । भारतीय एयरपोर्ट्स अथोरिटी ९एएआई० का प्रवक्ताका अनुसार घटनाका बेला कुनै आगो वा स्पार्क देखिएन, जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोगियो ।

Advertisement

विमानलाई सुरक्षित रूपमा अवतरण गराइयो र सबै यात्रुलाई सकुशल बाहिर निकालियो । यस विषयमा गहिरो अनुसन्धान भइरहेको र इन्जिन बिग्रनुको कारण पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top