ओलीको प्रचण्ड लक्षित अभिव्यक्ति ‘आजतक’मा

१५ भदौ ८१, आइतबार

१६ भदौ , काठमाण्डौ ।

तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ फागुनमा पिसिपिएस कलेजको दीक्षान्त समारोहमा भनेका थिए, ‘केपी ओली इज दि केपी ओली, फुटबलको पेलेजस्तै हो ।आफ्नो अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा एमालेका सांसद श्रेष्ठले दिएको उक्त अभिव्यक्ति लामो समयसम्म चर्चामा आइरह्यो । वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा चाखलाग्दो अभिव्यक्ति दिनेगरेका कारण पनि बेलाबखत चर्चामा आइरहन्छन् ।

कहिले हेलिकोप्टरमा पाँच हजार फिट माथिबाट खस्दा पनि आफू नमरेको भन्छन् त कहिले अस्वभाविक अभिव्यक्ति पनि दिन्छन् । उनले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यामा जन्मिएको भन्दै दिएको अभिव्यक्ति, नेपालका प्रथम शहीद लखनथापा बारे बोलेको विषय विवादमा नतानिएका होइनन् । सत्तामा बस्दा होस् वा प्रतिपक्षी भएर बस्नुपर्दा होस्, चर्चामा रहिरहन चाहने स्वभावका ओली मुखले चुप बस्नुभन्दा पनि बोलीहाल्न रुचाउँछन् ।

Advertisement

कहिले कांग्रेस त कहिले माओवादी केन्द्रलाई चिढ्याउने खालको अभिव्यक्ति दिने गरेका ओलीले हालैमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित अभिव्यक्ति दिएका थिए ।यसअघि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले दिएको श्रीलंका र बंगलादेशबाट केही कुराहरू सिक्नुपर्ने उपदेशलाई लिएर ओली कड्किएका थिए ।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा आफूले गलत नगरेका कारण त्रास नभएको बताएका थिए । ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैंले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?,’ ओलीको प्रश्न थियो । ‘जसले चर्कोस्वरमा बंगलादेश र श्रीलंकाबाट सिक सिक भनिरहेको छ, राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन । यहाँ आफ्नै इतिहास र परम्परा छ,’ ओलीले भनेका छन् ।

Advertisement

ओलीको यो अभिव्यक्तिलाई भारतको लोकप्रिय मिडिया ‘आजतक’ ले पनि स्थान दिएको छ । ‘नेपाल किसी देशका फोटोकपी नहीँ’ शीर्षकमा उसले बंगलादेशमा भएको राजनीतिक अशान्ति नेपालमा पनि हुन्छ नै भन्ने केही छैन भावमा समाचार सम्प्रेषण गरेको छ । ‘हाम्रो आफ्नै पहिचान, फरक सभ्यता र संस्कृति छ, यसकारण बंगलादेशमा हालै भएको राजनीतिक अशान्ति नेपालमा पनि दोहोरिन्छ भन्ने कुराको कुनै तुक छैन ः केपी शर्मा ओली, प्रधानमन्त्री नेपाल,’ उपशीर्षकमा उसले लेखेको छ ।

नेपाल कुनै पनि देशको फोटोकपी नभएर नेपालमा आफ्नै संस्कृति, सभ्यता र पहिचान भएको विषयमा भने विभिन्नखाले प्रतिक्रियाहरू आएका हुन् । धेरैले ओलीको तर्क तथ्यगत भएको भनेर प्रशंसा गरेका छन् । केहीले भने नेपाल चीनको फोटोकपी बन्ने तरखरमा रहेको भन्दै रोष पोखेका छन् । यसअघि प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चेतावनीयुक्त भाषामा प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै नेपालमा समेत बंगलादेशको झिल्को देखिन थालेको भन्दै सच्चिन सुझाव दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top