१६ भदौ, विराटनगर ।
आइभरी कोस्टको राष्ट्रिय फुटबल टोलीका खेलाडी सोल बाम्बाको ३९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लिड्स युनाइटेड तथा लेइस्टर सिटीबाट इंग्लिस प्रिमियर लिग खेलेका डिफेन्डर बाम्बाको शनिबार दुःखद् निधन भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
बाम्बाले सन् २०१८-१९ को सिजनमा कार्डिफ सिटीबाट प्रिमियर लिग खेलेका थिए । कार्डिफबाट ११८ खेल खेल्दा १० गोल गरेका बाम्बाले लेइस्टर सिटी, लिड्स युनायटेडलगायत टिमका लागि खेलेका छन् ।
आइभरी कोस्टबाट फिफा विश्वकपमा तीन खेल खेलेका उनले अफ्रिका कप अफ नेसन्सलगायत राष्ट्रका लागि ४४ खेल खेल्दा एक गोल गरेका छन् ।
सन् २०२१ मा उनलाई क्यान्सर भएको थियो । तर, केमोथेरापीपछि क्यान्सरमुक्त भएका बाम्बाको शनिबार निधन भएको प्रिमियर क्लब लिड्स युनाइटेडले जनाएको छ ।