सत्तापक्षकै सांसदले भने : मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन्

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर । 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रतिलाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बैठकमा बोल्दै सांसद खतिवडाले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

Advertisement

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

सोही विषयमा बोल्दै सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै खतिवडाले मन्त्रीहरूलाई बोल्दा जिब्रोमा ब्रेक लगाउन सुझाव दिए ।

Advertisement

‘म सत्तापक्षकै सांसद हुँ, तर माननीय सूचना तथा संचारमन्त्रीज्यूले केही दिन पहिले नपाल प्रहरीका आइजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ,’ खतिवडाले भने ।

‘मन्त्रीहरूलाई अनुरोध गर्न चाहान्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँकहाँ लगाउनुपर्ने हो ब्रेक, लाग्दै गर्ला । तर, मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । यसको जवाफ संसदमा दिइयोस्,’ उनले थपे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top