×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भोलि स्वदेश आइपुग्दैछिन् पलेशा, काठमाडौं नगर परिक्रमा गराउने राखेपको तयारी

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन बुधबार स्वदेश फर्किने भएकी छन् ।

Advertisement
Advertisement

तेक्वान्दोकी पलेशाले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् । शुक्रबार राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

कास्यदक जितेर नेपालाई ओलम्पिक पदक तालिकामा देखाउन सफल २१ वर्षीय पलेशाले बुधबार बिहान काठमाडौं आइपुग्ने भएकी हुन् । बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

राखेपका अनुसार विमानस्थलबाट पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्‍याइनेछ ।

पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसयता नेपालले पाराओलम्पिकमा कुनै पनि ‘मेडल’ जित्न सकेको थिएन ।

त्यसबाहेक अरू ओलम्पिकमा पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको थिएन । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए ।

Advertisement

तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन । हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top