गरिब एन्फा : साफ उपविजेता टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार !

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर ।  

Advertisement

आफ्ना महासचिव किरण राईको मासिक झन्डै दुई लाख ७० हजार तलब छुट्याएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

जबकि, काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीले जनही पाँच-पाँच लाख पुरस्कार पाउँदै छन् ।

Advertisement

संघीय सरकारबाट जनही तीन लाख, भलिबल संघबाट जनही एक लाख र काठमाडौं महानगरपालिकाको तर्फबाट थप एक लाख गरी भलिबल खेलाडीहरूले पाँच-पाँच रुपैयाँ पाउँदै छन् ।

तर, आर्थिक अवस्था टाट पल्टिएको हो वा एन्फाको समन्वयको अभावले हो, साफ उपविजेता टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ मात्र पुरस्कार पाउने भएका हुन् ।

Advertisement

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो ।

एन्फाको अगस्ट २९ मा सम्पन्न बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ प्राप्त थप खेलाडीले प्राप्त गर्नेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, साहयक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गर्ने छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top