Nepal Times
Nepal Times
3
Shares

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न : बिर्सिनुभयो मार्सी भात खाएर गरेको गठबन्धन ?

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न : बिर्सिनुभयो मार्सी भात खाएर गरेको गठबन्धन ?

१८ भदौ, विराटनगर ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मा आफू सत्ताच्यूत हुनेबित्तिकै सत्तासीनको आलोचना नगर्न आग्रह गरेका छन् ।

मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद ढुंगानाले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए ।

आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जानेबित्तिकै गलत हुने धारणा परिवर्तन गर्न उनको आग्रह छ ।

उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताए ।

‘अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनुभयो,’ उनले भने ।

‘उहाँले भ्रष्टाचार र सुशासनका कुरा गर्नेगर्नुभएको छ । तर, सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् ? नेताहरूकै कारणबाट यो देश यहाँसम्म आइपुगेको हो,’ उनले थपे ।

यस्तै, स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.