×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

हसिनाको बहिर्गमनपछि बंगलादेशको समर्थनमा पाकिस्तान

१८ भाद्र २०८१

१८ भदौ , एजेन्सी ।

बंगालदेशमा प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेयता ठूलो राजनीतिक परिवर्तन भइरहेको छ । बंगलादेशको दुस्मनका रूपमा परिचित पाकिस्तानले पनि अब हसिनाको बहिर्गमनपछि दोस्तीको हात बढाइरहेको छ । ४ अगस्टमा विद्यार्थीहरूको आन्दोलनपछि बंगलादेशमा भएको सत्ता परिवर्तनलाई लिएर छिमेकी राष्ट्र पाकिस्तान औधी खुसी भएको छ ।

Advertisement
Advertisement

पदच्युत बनेकी प्रधनमन्त्री शेख हसिनाको कार्यकालका दौरान दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । सन् १९७१ को मुक्ति संग्रामका क्रममा पाकिस्तानको तर्फबाट भएको युद्ध–अपराधलाई लिएर पाकिस्तानले माफी माग्नुपर्छ भन्ने बंगलादेशको अडान थियो । तर, पाकिस्तानले यसलाई अस्वीकार गर्दै आएका कारण दुई देशबीचको सम्बन्ध राम्रो थिएन ।

तर, अपदस्थ प्रधानमन्त्री हसिना र उनी नेतृत्वको सरकार भत्किएर नयाँ सरकार बनेपछि भने पाकिस्तान समर्थक बनेको छ । नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा बनेको बंगलादेशको अन्तरिम सरकार पनि पाकिस्तानसँग आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि प्रयासरत छ । पछिल्लो समय बंगलादेश प्रशासनले पाकिस्तानसँग १९७१ मा भएको बंगलादेश मुक्ति संग्रामसँग सम्बन्धित समस्या समाधान गर्ने प्रयास थालेको छ ।

अन्तरिम सरकारको सूचना तथा प्रसारणका सल्लाहकार नाहिद इस्लामले सोमबार यसबारे जानकारी दिएका हुन् । २६ वर्षीय विद्यार्थी कार्यकर्ता नाहिद इस्लामले शेख हसिना सरकार पतनका मुख्य भूमिका निर्वाह गरेका थिए । उनै इस्लामले सोमबार बंगलादेशमा पाकिस्तानका उच्चायुक्त सैयद अहमत मारुफसँग भेटवार्ता गरेका थिए ।

जसमा उनले पाकिस्तानसँग लामो समययता चलिरहेको विवाद समाधान गर्ने पहल थालेका थिए । इस्लामले आवामी लिग (शेख हसिनाको पार्टी) ले सन् १९७१ को इतिहासको अन्तिम अध्याय मानेको भए पनि अब उक्त समस्या समाधान गर्ने आफ्नो चाहना रहेको सुनाए । सन् १९७१ मा पाकिस्तानमा आएको आन्तरिक संकटका कारण भारत र पाकिस्तानका बीच तेस्रो युद्ध भएको थियो ।

यस युद्धपछि नै पूर्वी पाकिस्तान अलग भएर बंगलादेशको जन्म भएको थियो । अन्तरिम सरकारले हसिनाको आवामी लिग पार्टीका मुख्य सिद्धान्तमा परिवर्तन ल्याउने क्रममा छ । ढाकाका राजनीतिक विश्लेषक प्रोफेसर नजमुल अहसन कलीमुल्लाका अनुसार वर्तमान सरकारका केही नेता पाकिस्तानसँग सम्बन्ध बढाउने कोसिस गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले केही समय पहिले बंगलादेशका स्वतन्त्र संग्रामका नायक तथा पूर्वराष्ट्रपति शेख मुजिबुर्रहमानको मूर्ति तोडफोडको विषयप्रति बचावमा पाकिस्तान विरोधी आन्दोलनका नेतृत्वकर्ताको हाल यस्तै हुनुपर्ने प्रतिक्रिया दिएका थिए । शेख हसिनाको शासनकालमा राजधानी ढाकामा पाकिस्तानी उच्च आयोगमा निकै कम हलचल हुने गरेको थियो ।

उच्च आयोगलाई सन् २०१८ को संसदीय चुनावमा विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीको उम्मेदवारको समर्थन गरेको आरोप लगाइएको थियो । तर, अब ढाकामा पाकिस्तानी उच्चायुक्तले बंगलादेशीहरूले अब बिनाभिसा पाकिस्तानको यात्रा गर्न सक्ने घोषणा गरेका छन् । र, ढाका–इस्लामाबादबीच सीधा उडान फेरि सुरु हुने बताइएको छ ।

नाहिद स्लामको बैठकका क्रममा पाकिस्तानका प्रतिनिधिले पनि बंगलादेश मुक्ति संग्रामका समस्या समाधान सुल्झाउन पाकिस्तान इच्छुक रहेको ब्रिफिङ गरेका थिए । उच्चायुक्त मारूफले सन् १९७१ को समस्या समाधान गर्न इच्छुक रहे पनि पछिल्लो सरकारले आफूहरूलाई छलफलका लागि कुनै अवसर दिएको गुनासो गरेका थिए ।

Advertisement

जानाजान यस विषयलाई नपन्छाइएको भए बंगलादेशसँग सम्बन्ध बढाउने पाकिस्तानको इच्छा उहिल्यै पूरा हुने मारुफको भनाइ छ । पाकिस्तानले बाढीसँग जुधिरहेको बंगलादेशको सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । नाहिद इस्लामले आफ्नो सरकार बंगलादेशको स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्दै दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध स्थापित गर्ने बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top