×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

१८ भाद्र २०८१

१८ भदौ , काठमाण्डौ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल देशभर नै चर्चित छन् । बालेन स्वतन्त्र उमेद्वारकारुपमा चुनावमा ऐतिहासिक जित निकालेर आएका हुन् भने सुनिता हाल संघीय सरकार संचालन गरिरहेको दल एमाले नेतृ हुन् । फरक पृष्ठभूमि र एकै दलका नभएपनि यी दुई नेताबीच जनतालाई दिने सेवासुविधा, महानगरको नीतिकार्यक्रम लगायतमा खासै मतैक्यता देखिदैन ।

Advertisement
Advertisement

अन्य पालिकाहरुमा जस्तो मेयर र उपमेयरबीचको खटपट, व्यक्तिगत आरोपप्रत्यारोप पनि खासै देखिदैन । तर केही विषयहरुमा भने उपमेयर सुनिता डंगोलले बालेनसंग असन्तुष्टि जनाउँदै आएकी छिन् । महानगरका सभा, बैठकमा सुनिताले बालेनका कतिपय कार्यशैली र सामाजिक संजालका अभिब्यक्तिमाथि आलोचना गर्दै आएकी छिन् । आज पनि डंगोल मेयर बालेन्द्र शाहसँग रुष्ट देखिएकी छन् ।

उपमेयर डंगोलले बालेनको कार्यशैलीमाथि कार्यपालिका बैठकमै प्रश्न उठाएकी हुन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले फैसला गरेपछि महानगरले सूचना जारी गरेको थियो । त्यसमा डंगोलले प्रश्न उठाएकी हुन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा वडाध्यक्षले पनि सूचना निकाल्न हतार गरेको भन्दै बालेनमाथि प्रश्न उठाएका छन् ।

अदालतको फैसला कार्यान्वयन गर्नु सबैको दायित्व भए पनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुने डंगोलको भनाइ छ । उनले यस्तो गम्भीर विषय बोर्डमा नल्याइएको भन्दै असन्तुष्टि जनाइन् । यस्तो विषयमा मेयरस्तरीय निर्णय गरेको भन्दै डंगोलले असन्तुष्टि पोखेकी हुन् । ‘अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला,’ डंगोलले भनिन् ।

सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०÷२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगत्तै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ । तर महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उपमेयरले भनिन्, ‘यो सबै जनाको निर्णय हो कि होइन ?’ जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् ।

स–साना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’ जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेको, तर आफूहरुसँग छलफल नै नगरेकाले सूचनाको ओनरसिप लिन नसकिएको उपमेयर डंगोलले बताइन् ।

उपमेयरको प्रश्न सुनेपछि मेयर बालेनले केही जवाफ दिएनन्, ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडेका छन् । २९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो । उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।

यसअघि पनि काठमाडौं महानगरपालिकाको १५औं नगर सभाको बैठकमा मेयर बालेन्द्र शाहका अभिव्यक्तिको उपमेयर सुनिता डंगोलले आलोचना गरेकी छिन् । उनले मेयर शाहतर्फ इंगित गर्दै सिंहदरबार जलाउँछु भन्ने जस्ता अभिव्यक्ति गलत भएको बताएकी थिइन् । उनले मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा नगर सभा सदस्य बीच ध्रुवीकरण देखिनु उचित नभएको पनि बताइन् ।

जनप्रतिनिधि बीच मतभेद हुने हो भने स्थानीय सरकार घरघरको सरकार, व्यक्ति–व्यक्तिको सरकार बन्न नसक्ने उनको तर्क थियो । डंगोलले सबै जनप्रतिनिधिले एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने पनि बताएकी थिइन् । ’आज म गर्न सक्छु, पदमा छु भनेर एकअर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्व बाहेक अरु कुरा निम्त्याउँदैन ।

त्यस कारण पनि एकअर्काको भावनालाई समेटर जाने संस्कार हामीले विकास गर्नुपर्छ,’ उनले भनिन्, ’फरक मत हुन्छ । हरेक व्यक्ति फरक भएपछि मत पनि फरक हुन्छ । फरक मत राख्नु नपाउने भन्ने पनि पक्कै होइन । फरक मत राख्नेबित्तिकै विरोध गरे भनेर यो वा त्यो भनेर थुप्रै उपमा दिनु पनि आवश्यक छैन ।’ वादविवादका बीच नै संवाद खोज्नुपर्ने बताउँदै उनले फरक मतको पनि सम्मान गर्ने बानीको विकास गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

उनले मेयर शाहलाई विशेष अनुरोध गर्दै आफूहरूले बोल्ने हरेक कुराले विश्वभरका युवाहरूलाई नै प्रभाव पारिरहेको पनि बताइन् । ’तपाईं म जस्ताले राजनीतिमा आएपछि व्यक्तिभन्दा पनि माथि उठेर सोच्न जरुरी पर्छ । त्यो गरिरहँदा हामीले संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन,’ उनले भनेकी थिइन्, ’पदमा बसिसकेपछि पदको मर्यादालाई राखेर अभिव्यक्ति राख्नुपर्छ ।

Advertisement

र, त्यो उदाहरण अरु कसैले होइन तपाईं हामीले नै बनाउँदै अगाडि बढ्नुपर्छ ।’ सो बेला उनले सिंहदरबार जलाउनु भन्नु ठीक होइन भन्दै बालेनलाई ख्याल गर्न सुझाव पनि दिएकी थिइन् । त्यतिबेला पनि सुनिताले राखेका धारणामा बालेनले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

Advertisement

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top