×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

२२ बैशाख २०८३

२२ वैशाख , काठमाण्डौ ।

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आउँदो जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ । यही वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको विवरण संकलन गरी रकम फिर्ताको तयारी गरेको  छ । समितिका अनुसार, समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ ।

Advertisement
Advertisement

तीमध्ये अधिकांश साना बचतकर्ता छन् । यसमध्ये पाँच लाख रुपैयाँभन्दा बढी रकम बचत गर्ने १८ हजार बचतकर्ता रहेका समितिले जनाएको छ । पाँच लाखभन्दा कम रकमका बचतकर्तालाई साना र यसभन्दा बढीलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका निम्ति धेरै काम भइसकेको बताइन् ।

अब बचत फिर्ता गर्ने कार्य थालिने उनले जानकारी दिइन् । “यसमा धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” मन्त्री रावलले भनिन् । उनले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनका क्रममा मन्त्री रावलले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता प्रक्रियाको औपचारिक शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । सहकारीको बचत फिर्ता गर्ने आधार नै ऋण असुली भएको उल्लेख गर्दै मन्त्री रावलले यसका लागि सरकारले कडा कदम चाल्ने स्पष्ट पारिन् ।

उनकाअनुसार समस्याग्रस्त सहकारीबाट ऋण लिएर समयमा चुक्ता नगर्ने ऋणीहरूको नामावली आजै मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिँदैछ । ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले ऋणीहरूलाई प्रदान गरिने सार्वजनिक सेवा सुविधाहरू रोक्ने तयारी समेत गरेको छ ।

सहकारी समस्या समाधानका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक र महान्यायाधिवक्ताको कार्यालयलगायतका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिइएको छ । फरार रहेका ठूला ऋणीहरूलाई कानूनी दायरामा ल्याई उनीहरूबाट ऋण असुल गरेरै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराइने मन्त्रीको दाबी छ ।

उनले भनिन्, ‘ऋण फिर्ता नगर्नेहरूका हकमा हामी निर्मम भएर जानुपर्ने अवस्था छ। उनीहरूले पाउने बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता राज्यका सार्वजनिक सुविधाहरू रोक्का गर्ने विषयमा सरकारले गृहकार्य गरिरहेको छ।’ बचत फिर्ताका लागि आवश्यक मोडालिटी र थप कार्ययोजनाबारे मन्त्रालयका सचिव तथा सह–सचिवहरूले प्राविधिक स्पष्टता पार्ने र सरकार यस मुद्दामा पूर्ण प्रतिवद्ध रहेको उनले दोहो¥याइन्।

यता समितिले आफ्नो कार्यविधि तय गर्दै बचत फिर्ता कार्य आरम्भ र कर्जा असुलीमा प्राथमिकता दिने नीति अवलम्बन गरिने जनाएको छ । समितिले मागदाबी गरेका बचतकर्ताको रकम फिर्ता गर्ने कार्य आउँदो जेठको पहिलो सातादेखि थाल्नेछ । छुट भएका बचतकर्तालाई पुनः मागदाबी गर्ने समय साउनको पहिलो हप्ता खुला गरिने समितिले जनाएको छ ।

Advertisement
Advertisement

यसक्रममा नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग भएमा सापटीका रूपमा मात्र खर्च गरिने जनाइएको छ । समितिका सदस्यसचिव रविन ढकालले कर्जा असुलीका निम्ति आफूहरूले कानुनबमोजिम कठोर नीति अवलम्बन गर्ने जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top