×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

२२ बैशाख २०८३

२२ वैशाख , काठमाण्डौ ।

युद्धविरामका बीच अमेरिका र इरानका तर्फबाट आक्रमणका श्रृंखला सुरु भएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले इरानका सात साना जहाज डुबाइदिएको दाबी गरेका छन् । उनका अनुसार ‘ती जहाजले होर्मुज स्ट्रेटबाट गुज्रने व्यापारी जहाजहरूमा आक्रमण गरिरहेका थिए।’

Advertisement
Advertisement

यस विषयमा इरानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले भनेका छन्, ‘इरानसँग केवल दुई विकल्प छनः या त इमानदार सम्झौता गर या अर्को आक्रमणको सामना गर्न तयार होऊ।’ उनले इरानी सेनाले अमेरिकी जहाजमा हमला गरे तिनीहरू पृथ्वीबाटै गायब हुने चेतावनी दिएका छन् ।

सोमबार अमेरिकाले होर्मुज स्ट्रेटनजिकै अपरेसन प्रोजेक्ट फ्रिडम सुरु गरेको बताएको छ । यस अपरेसनअन्तर्गत उसले त्यहाँबाट गुज्रने व्यापारी जहाजहरूलाई सुरक्षा प्रदान गरिरहेको छ । उता इरानले भने होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमतिबिना कुनै जहाजलाई जान नदिने भनिरहेको छ ।

तर ट्रम्पले भने इरानलाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिएका छन् । ट्रम्पले ‘फक्स न्यूज’ लाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । इरानले अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गत ‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत सुरक्षा दिइरहेका जहाजहरूलाई निशाना बनाएपछि तनाव थप चुलिएको बताइएको छ ।

यस्तै ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले दक्षिण कोरियाको एक मालवाहक जहाजसहित अन्य देशका जहाजहरूमाथि हमला गरेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सेनाले इरानका ‘फास्ट बोट’ भनेर चिनिने सातवटा साना सैन्य डुंगा नष्ट गरेको जानकारी दिएका हुन् ।

उनले व्यंग्यात्मक शैलीमा अब इरानसँग यस्तै डुंगाहरू मात्र बाँकी रहेको टिप्पणी गरेका छन् । ट्रम्पले दक्षिण कोरियालाई पनि यस अभियानमा सहभागी हुन आग्रह गरेका छन् । इरानले दक्षिण कोरियाली जहाजमाथि पनि हमला गरेको दाबी गर्दै उनले अब दक्षिण कोरिया यस अभियानको हिस्सा बन्नुपर्ने बताएका हुन् ।

यस घटनाक्रमबारे थप जानकारी दिन अमेरिकी युद्ध सचिव पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले आज सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ । ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति र सैन्य शक्ति निरन्तर बढिरहेको बताएका छन् ।

उनले अमेरिकासँग पहिलेको तुलनामा धेरै उच्चस्तरका हतियार र गोला–बारुद भण्डारण गरिएको दाबी गर्दै विश्वकै उत्कृष्ट सैन्य उपकरण अमेरिकासँग रहेको बताएका छन् । यसैबीच इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । समाचारमा जनाइए अनुसार इरानले यूएईलाई लक्षित गरी हमला सुरु गरेको हो ।

इरानी क्षेप्यास्त्र प्रहारबाट यूएइको राजधानी अबुधाबी र फुजैराहमा विष्फोटनको आवाज सुनिएको छ । यसअघि सोमबार नै इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमा दुई क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो । त्यसैगरी सोमबार नै सोही जलक्षेत्रमा दुई व्यवसायिक पानीजहाजलाई लक्षित गरी हमला गरेको जनाइएको छ ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच युद्धविराम भएपछि पहिलो पटक इरानले हमला गरेको हो । यता यूएईको रक्षा मन्त्रालयले आफ्नो रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका थुप्रै क्षेप्यास्त्र रोकेको दाबी गरेको छ । मन्त्रालयका अनुसार १२ ब्यालिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोन रोकिएका हुन् ।

यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘मे ४, २०२६ मा इरानद्वारा प्रहार गरिएका यी हतियार रोक्ने क्रममा तीन जना घाइते भएका छन्।’ मन्त्रालयका अनुसार हालसम्म यूएईको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका कुल ५४९ ब्यालिस्टिक क्षेप्यास्त्र, २९ क्रुज क्षेप्यास्त्र र २,२६० ड्रोन रोकेको छ ।

यस क्रममा अहिलेसम्म नेपाल, पाकिस्तान, बंगलादेश, भारत, इजिप्ट र यूएईका नागरिक र प्यालेस्टिनीसहित कुल १० जनाको मृत्यु भएको छ। अनि कुल २२७ जना घाइते भएका छन् । यसैगरी इरानको आक्रमणमा हालसम्म आफ्ना तीन सैनिक मारिएको यूएईले जनाएको छ । यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘पूर्ण रूपमा तयार छौँ, कुनै पनि खतराको दृढतापूर्वक सामना गर्छौँ। देशको सुरक्षा, स्थिरता र हित रक्षाका लागि हरेक कदम चाल्नेछौँ।’

अमेरिकाले नौसैनिक अभियान शुरु गरेपछि खाडी क्षेत्रमा तनाव बढेको हो । यसैक्रममा युएईको सरकारी तेल ट्यांकरमा आक्रमण भएको हो । युएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

फुजैराह तेल बन्दरगाहमा भएको आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएका छन् । अमेरिका–इरान युद्धविरामपछि पहिलो पटक युएईमा ‘मिसाइल अलर्ट’ बजेको छ । अहिले अवस्था सुरक्षित रहेको र स्थानीय बासिन्दाले सामान्य गतिविधि गर्न सक्ने भनिएको छ । युएईमा पछिल्लो आक्रमण इरानले गरेको आशङ्का गरिएको छ ।

तर इरानले युएईलाई निशाना बनाउने कुनै योजना नभएको जनाएको छ । इरानले होर्मुज जलमार्गमा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने चेतावनी दिँदै आएको छ । फुजैराह युएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पर्छ । ओमानमा पनि स्ट्रेट अफ होर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण भएको खबरमा उल्लेख छ । युद्धको प्रभाव विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।

Advertisement

फेब्रुअरी २८ मा सुरु भएको यस द्वन्द्वले पछिल्लो समयको युद्धविराम अघि हजारौँको ज्यान लिइसकेको छ, अन्तर्राष्ट्रिय बजार अस्थिर बनाएको छ र प्रमुख ऊर्जा आपूर्ति मार्गहरू अवरुद्ध पारेको छ । विशेषगरी होर्मुज जलडमरूमध्य बन्द हुँदा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top