१८ भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा जारी एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बी धकेलिएको छ ।
पानी परेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हिलाम्मे बनेपछि एपिएफ र नेपाल पुलिस क्लबबीचको खेल धकेलिएको हो । एन्फाका अनुसार कम्तिमा १५ मिनेटका लागि खेल धकेलिएको हो । उक्त खेल अपरान्ह्र ४ : १५ बजे सुरु हुनु पर्ने थियो ।
एपिएफ गत संस्करणको विजेता हो । एन्फा महिला लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबीच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् ।यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।