NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , एजेन्सी ।

फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३ औं संस्करणको सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ । सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

उक्त विश्वकपका लागि छनोट खेलहरू भने सेप्टेम्बर २०२३ बाट नै भइरहेका छन् । यसबीचमा रोकिएका छनोट खेलहरू पुनः बिहीबारबाट सुरु हुँदै छन् । बिहीबारबाट पाँच दिनसम्म एसिया छनोटको तेस्रो चरणका खेलहरू हुने छन्, जसमा १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् ।

LS Auto

कतार, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, इरान, युएई, जोर्डन, कुवेत, साउदी अरब, बहराइनजस्ता राष्ट्रहरूले खेल्ने तालिका छ । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

बिहीबार रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको उपविजेता र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । यसैगरी, ओसिनिया छनोटका खेल ६ सेप्टेम्बरबाट सुरु हुने छन् । त्यहाँबाट सन् २०२६ को विश्वकपमा एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ ।

विश्वकपमा छनोट हुने तीन टोलीको भने टुंगो लागिसकेको छ । क्यानडा, मेक्सिको र अमेरिकाले भने आयोजकको हैसियतमा विश्वकप खेल्ने छन् । अरू ४५ राष्ट्रहरूले भने छनोट खेल खेलेर फुटबलको महाकुम्भमा सहभागिता जनाउनुपर्ने हुन्छ ।

एसियाबाट ८ टोली सीधा छनोट हुँदा एक टोली प्ले अफमार्फत् छनोट हुन सक्नेछ भने अफ्रिकाबाट नौ टोली सीधा विश्वकपमा छनोट हुँदा प्लेअफबाट एउटा टोलीले छानिने मौका पाउने छ । यस्तै, उत्तर अमेरिकी राष्ट्रहरूमध्ये तीन आयोजक देशहरू मेक्सिको, क्यानडा र अमेरिका छनोट भइसक्दा अरू दुई राष्ट्रले प्ले अफ खेलमार्फत् छानिन सक्ने छन् ।

दक्षिण अमेरिकी छनोटतर्फ सीधा ६ देश छनोट हुँदा अन्तरमहादेशीय प्लेअफबाट एउटा राष्ट्र छानिन सक्ने छ । ओसिनियातिरका एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ । युरोपका १६ वटा राष्ट्रले विश्वकप खेल्ने छन् भने समग्रमा प्ले अफका माध्यमबाट दुई राष्ट्र छनोट हुने छन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपमा सन् १९९८ देखि हरेक ३२ टोलीले भाग लिइरहेका थिए । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । तर, पहिलोपटक २०२६ मा ४८ देश सहभागी हुनेछन्। ४६ टोली क्वालिफायर खेल खेलेर छनोट हुनेछन् भने मिनी प्रतियोगिताबाट दुई टोली छनोट हुनेछन् ।

फिफाका अनुसार विश्वकप आयोजनाको उद्देश्य च्याम्पियन टोली खोज्नु मात्र नभई हरेक महादेशमा फुटबलको प्रवद्र्धन गर्नु पनि हो।विश्वकपमा जति धेरै टोली सहभागी हुन्छन्, त्यति नै फुटबलको प्रवर्द्धन हुन्छ। फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ।

विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ। त्यसअघि भने ३२ टोलीको प्रतियोगितामा १३ टोलीहरू युरोपबाट हुन्थ्यो, जुन कुल टोलीको ४० प्रतिशत हुन्थ्यो । तर अब ४८ टोलीमध्ये १६ टोली युरोपका हुनेछन्, जुन कुल टोलीको एक तिहाइ हुनेछ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

Tags: #विश्वकप फुटबल

लोकप्रीय

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

ट्रेन्डिंग समाचार

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी
समाचार

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.