×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

जब नेपालीहरूबीच मुनाको हत्या आरोपीलाई उभ्याइयो…(भिडियो)

१९ भाद्र २०८१

१९ भदौ, विराटनगर ।

अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबिसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो ।

Advertisement
Advertisement

जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोप छ । गत अगस्ट २४ (भदौ ८) मा अपार्टमेन्टभित्रै प्रवेश गरी छातीमा दुई र गर्धनमा एउटा गरी तीनवटा गोली प्रहार गरी मुनाको हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले शाहलाई पक्राउ गरेको थियो ।

मुनाको शव फेला पारेको दुई दिनपछि सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका शाहलाई मंगलबार ह्युस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा उपस्थित गराइएको थियो । उनलाई उपस्थित गराइएको ‘कोर्टरुम’ मा मृतक पाण्डेका पारिवारिक सदस्य र साथीहरू पनि उपस्थित थिए ।

अमेरिकी कलेज पढ्ने नेपालका केही विद्यार्थी र ह्युस्टन नपाली संघकी उपाध्यक्ष ड्रोना गौतमसहित केही प्रतिनिधिको पनि कोर्टरुममा उपस्थिति थियो । जहाँ, अभियुक्त शाहलाई मुनाका पारिवारिक सदस्यहरू रुँदै गरेको सुन्न सकिन्थ्यो भने गौतम मुनाका लागि न्याय माग्दै प्राथर्ना गरिरहेकी थिइन् ।

‘ऊ (शाह) अझै पनि दुःखी छैन, मलाई थाहा छैन किन हो ?,’ शाहप्रति लक्षित हुँदै गौतमले भनिन्, ‘यो वास्तवमै परिवारका लागि दुःखको एउटा पक्ष हो । म सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मुना हत्या प्रकरणमा र मुनाकी आमालाई सहयोग गर्‍यो ।’

गौतमका अनुसार मृतक मुनाकी आमा अनिता पाण्डेलाई नेपालबाट ह्युस्टन सहर पुग्न भिसा मिलेको छ । मंगलबार मात्र भिसा पाएकी मुनाकी आमा यसै साता ह्युस्टन पुग्ने छिन् । उनी पुगेपछि मुनाको अनत्येष्टि गरिने बताइएको छ । अहिले उनको शव फ्युनरल हाउमा छ ।

क्लिकटुह्युस्टनडटकम मंगलबार नै शाहका अभियोजक र प्रतिरक्षाका वकिलले केसका बारेमा बोलेका थिए । मुख्य अभियोजक रेबिका मार्सलले शाह समाजका लागि नै खतरा भएका कारण जमानतमा छोड्न नहुने सुनाइन् ।

शाहका वकिल एटोर्नी विल्भिन जे कार्टरले भने शाह धार्मिक व्यक्ति भएको उल्लेख गर्दै उनी शतप्रतिशत निर्दोष रहेको दाबी गरे । शाह शिक्षित व्यक्ति भएको उल्लेख गर्दै जे कार्टरले उनी बाल्यवस्थादेखि नै अमेरिका बस्दै आएको र प्रतिष्ठित कम्पनीमा भाइस प्रेसिडेन्ट भएर काम गरिरहेको बताए ।

पक्ष–विपक्षको कुरा सुनेर शाहलाई तीन महिना थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । साथै, ‘क्यापिटल मर्डर’ अभियोगमा शाहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको थियो । सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरे ।

शाह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सिसिटिभी फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । त्यसबाहेक शाह हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा पक्राउ परेका थिए । उनको कारबाट हतियारसमेत बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेस भएको थियो ।

सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

Advertisement

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top