×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बालोन डी’ओरको मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो अटेनन्

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

फुटबलको सर्वाधिक प्रतिष्ठित पुरस्कार बालोन डी‘ओर का लागि मनोनयन सार्वजनिक भएको छ । बुधबार राति फुटबलको प्रसिद्ध अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले वर्ष २०२४ को अवार्डका लागि ३० खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

६८औं संस्करणको उक्त अवार्डका लागि वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका ३० खेलाडीको नामावली सार्वजनिक भएको छ ।

मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल मड्रिड/इङल्यान्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्यान्ड), फेडेरिको भाल्भेर्डे (रियल मड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्यान्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन) रहेका छन् ।

यस्तै, सन्न्यास लिइसकेका जर्मनीका टोनी क्रुज, भिनिसियस जुनियर (रियल मड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी), रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्यान्ड), डेकलान राइस (आर्सनल/ इङल्यान्ड) रहेका छन् ।

त्यसैगरी, भिटिन्हा (पिएसजी/पोर्चुगल), कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन् ।

बालोन डो अरको गत वर्षको अवार्ड जितेका लियोनल मेसी भने यस वर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसमेत यस मनोनयनमा रहेका छैनन् ।

यो पुरस्कार सर्वाधिक धेरै पटक पाउने खेलाडी मेसी हुन् । विश्वकपविजेता मेसीले हालसम्म आठ पटक उक्त अवार्ड चुमेका छन् । सन् २००९ देखि २०१२ सम्म लगातार अवार्ड जितेका मेसीले २०१५, २०१९, २०२१ र २०२३ मा बालोन डी‘ओर जितेका छन् ।

मेसीका समकालीन क्रिस्टियानो रोनाल्डो पाँच पटक जित्दै सर्वाधिक धेरै बालोन डी‘ओर जित्ने सूचीमा दोस्रो बनेका छन् । उनले सन् २००८, २०१३, २०१४, २०१७ र २०१८ मा फुटबलको चर्चित पुरस्कार जितेका छन् ।

सन् २०१८ देखि १० वर्षसम्म यो अवार्डमा मेसी र रोनाल्डोको बर्चस्व रह्यो । सन् २०१८ मा भने आफ्नो राष्ट्रलाई २०१८ को विश्वकपमा उपविजेता बनाएका क्रोएसियाका लुका मोड्रिकले जिते । कोभिड महामारीका खेलहरू नै अस्तव्यस्त हुँदा २०२० को बालोन डी‘ओर कसैलाई प्रदान गरिएन । २०२२ मा भने करिम बेन्जेमाले उक्त अवार्ड उचाल्ने अवसर पाए ।

सन् १९५६ यता बर्सेनि महिला र पुरुष फुटबलमा उत्कृष्ट खेलाडीलाई बालोन डी‘ओर प्रदान गरिँदै आएको छ । सन् १९५६ देखि सन् १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिँदै आएको यो अवार्डको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीलाई पनि दिन थालिएको हो । सन् २००७ पछि भने विश्वभरका सबै देश र क्लबलाई सहभागिताका लागि योग्य ठहराउन थालिएको हो ।

अब, यसपालिको बालोन डी‘ओर कसले जित्ला त भन्नेमा फुटबलप्रेमीहरूको चासो–चिन्ता औधी छ । खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गरिने छ । बालोन डी‘ओर अवार्डमा फिफाको पछिल्लो वरीयताअनुसार टप–१०० देशका पत्रकारले भोट गर्ने प्रावधान छ ।

Advertisement
Advertisement

सन् २०२२ अघि सबै देशले भोट गर्न पाउने नियम थियो । तर आयोजकले सन् २०२२ बाट सिजनका आधारमा अवार्ड दिने ढाँचा लागू गरेपछि भोटिङ अधिकार पनि फिफा वरीयताका टप–१०० देशका पत्रकारलाई मात्रै दिएको हो । नियमअनुसार एक पत्रकारले पाँच भोट अर्थात् पाँच जनालाई दिन पाउँछ । जसअनुसार पहिलो नम्बरको भोटको अंक पाँच हुन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top