प्रचारको अन्तिम दिन: दलका शीर्ष नेताहरु कहाँ-कहाँ छन् ?

१७ मंसिर ७४, सोमबार

दलहरूले प्रचारप्रचार गर्ने आज (सोमबार) अन्तिम दिन हो । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । यस अवधिमा उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा अन्य कुनै माध्यमबाट पनि मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

सबै तयारी पूरा

आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लगभग सबै तयारी पूरा गरेको छ । मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध गर्नेलगायत काम अन्तिम चरणमा रहेको आयोगले जनाएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।

Advertisement

सुरक्षा प्रबन्ध मिलाऊँ

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको बताए । ‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सहसचिव र ८८ उपसचिवलाई परिचालन गरेको छ ।

Advertisement

मतदाता शिक्षामा १९ हजार कार्यकर्ता परिचालन

आयोगका अनुसार हजार मतदाताबराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयूलगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ ।

कांग्रेसका शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा

प्रचारप्रसारको अन्तिम दिन सभापति शेरबहादुर देउवादेखि उम्मेदवार बनेका अधिकांश नेता आफ्नै क्षेत्रमा व्यस्त हुँदै छन् । कांग्रेसले सोमबार डडेल्धुराको अमरगढी, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, सुनसरी, पर्सा, भक्तपुर, ललितपुरको गोदावरीलगायत ठाउँमा ठूला सभा राखेको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बताए ।

देउवा गृहजिल्लामा व्यस्त

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रचारको अन्तिम दिन आफ्नै चुनावी क्षेत्र डडेल्धुरामा व्यस्त हुनेछन् । आइतबार कञ्चनपुरका बेलौरी र महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गरेका उनले सोमबार डडेल्धुराको अमरगढीमा हुने सभालाई सम्बोधन गर्दै छन् । त्यसपछि नेता–कार्यकर्तासँगको भेटमै उनको समय बित्नेछ । प्रचारप्रसार गर्न नपाइने १९ र २० मंसिरमा पनि देउवा डडेल्धुरामै रहनेछन् । २१ मंसिरमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् ।

पौडेल पनि आफ्नै क्षेत्रमा

तनहुँ २ बाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल प्रचारको अन्तिम दिन दमौलीमा हुने चुनावी सभामा सहभागी हुँदै छन् । सो सभाका लागि महामन्त्री डा. शशांक कोइराला, डा. रामशरण महतसहितका नेता पुग्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । सभापछि पौडेलले दमौलीका केही स्थानमा हुने कोणसभालाई सम्बोधन गर्ने र नेता–कार्यकर्तासँग भेटघाटको समय राखेको छन् ।

महामन्त्री नवलपरासी र तनहुँमा व्यस्त

महामन्त्री डा. शशांक कोइराला तनहुँको दमौलीमा हुने चुनावी सभा र आफ्नै निर्वाचन क्षेत्र पूर्वी नवलपरासीको नवलपुरमै व्यस्त हुनेछन् ।

घरदैलो सकेर देशभर चुनावी सभामा एमाले

दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरको बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।

प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन्, कतिपय स्थानमा अन्तिम घरदैलोलगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।

नेताहरू चुनावी सभामै केन्द्रित

चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् ।

संयुक्त अपिलको तयारी

वाम गठबन्धनका तर्फबाट मतदातालाई गठबन्धनलाई आह्वान गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अपिल निकाल्ने तयारी गरेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर अपिलमार्फत मतदातालाई आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रवक्ता रिमालले बताए ।

आयोगको ‘इलेक्सन क्विज’प्रति एमालेको आपत्ति

निर्वाचन आयोगले विभिन्न १० टिभी स्टेसनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति गम्भीर आपत्ति जनाउँदै एमालेले त्यस्तो प्रचार तत्काल स्थगित गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै एमालेले अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘तीन २ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखेर कांग्रेसको एकपक्षीय प्रचार गरेको आरोप लगाएको छ । आयोगकै संलग्नतामा त्यस्तो प्रचार भए सम्बन्धित निर्वाचन आयुक्तलाई कारबाही गर्नसमेत एमालेको माग छ ।

‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारका रूपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारीबेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारबाहीका लागि माग गर्दछ ।’

माओवादी घरदैलो र चुनावी प्रशिक्षणमा

प्रचारको अन्तिम दिन माओवादी नेता ठूला आमसभा र कोणसभा कम गर्दै छन् । मतदाताकेन्द्रित अभियानलाई उनीहरूले प्राथमिकतामा राखेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान एमाले र माओवादी युवाले गर्ने मार्चपासमा सहभागी हुँदै छन् । उनले दिउँसो एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र रहेको टाँडीमा हुने आमसभालाई सम्बोधन गर्ने छन् । त्यसपछि नेता–कार्यकर्तासँग भेटघाट र प्रशिक्षणमा सहभागी हुनेछन् । निर्वाचन नहुदासम्म प्रचण्ड चितवनमै बस्ने छन् ।

कृष्णबहादुर महरा

कृष्णबहादुर महरा आफू उम्मेदवार रहेको दाङ क्षेत्र नम्बर २ मै ब्यवस्त हुनेछन् । विहान घोराही उपहानगरपालिकाको १४ र १५ वडामा घर दैलो तथा भेटघाट कार्यक्रम राखिएको छ । दिउँसो खाना खाएपछि एमाले–माओवादीलगायत बामगठबन्धनका नेता÷कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

टोपबहादुर रायमाझी

नेता टोपबहादुर रायमाझी उम्मेदवार रहेको अर्घाखाँचीमा एक आमसभा र दुई कोण सभा राखिएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा विहान आमसभा छ । मालारानीकै वडा ४ र ५ मा कोणसभाको छ ।

पम्फा भुसाल

ललितपुर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी पम्फा भुसाल सोमबार धापाखेलको कोण सभा आयोजनामा सहभागी हुने छिन् । कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने उनको योजना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top