NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

प्रचारको अन्तिम दिन: दलका शीर्ष नेताहरु कहाँ-कहाँ छन् ?

सोमवार मंसिर १८ , २०७४
Reading Time: 1 min read
A A
प्रचारको अन्तिम दिन: दलका शीर्ष नेताहरु कहाँ-कहाँ छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

दलहरूले प्रचारप्रचार गर्ने आज (सोमबार) अन्तिम दिन हो । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । यस अवधिमा उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा अन्य कुनै माध्यमबाट पनि मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

सबै तयारी पूरा

आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लगभग सबै तयारी पूरा गरेको छ । मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध गर्नेलगायत काम अन्तिम चरणमा रहेको आयोगले जनाएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।

LS Auto

सुरक्षा प्रबन्ध मिलाऊँ

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको बताए । ‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सहसचिव र ८८ उपसचिवलाई परिचालन गरेको छ ।

मतदाता शिक्षामा १९ हजार कार्यकर्ता परिचालन

आयोगका अनुसार हजार मतदाताबराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयूलगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ ।

कांग्रेसका शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा

प्रचारप्रसारको अन्तिम दिन सभापति शेरबहादुर देउवादेखि उम्मेदवार बनेका अधिकांश नेता आफ्नै क्षेत्रमा व्यस्त हुँदै छन् । कांग्रेसले सोमबार डडेल्धुराको अमरगढी, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, सुनसरी, पर्सा, भक्तपुर, ललितपुरको गोदावरीलगायत ठाउँमा ठूला सभा राखेको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बताए ।

देउवा गृहजिल्लामा व्यस्त

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रचारको अन्तिम दिन आफ्नै चुनावी क्षेत्र डडेल्धुरामा व्यस्त हुनेछन् । आइतबार कञ्चनपुरका बेलौरी र महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गरेका उनले सोमबार डडेल्धुराको अमरगढीमा हुने सभालाई सम्बोधन गर्दै छन् । त्यसपछि नेता–कार्यकर्तासँगको भेटमै उनको समय बित्नेछ । प्रचारप्रसार गर्न नपाइने १९ र २० मंसिरमा पनि देउवा डडेल्धुरामै रहनेछन् । २१ मंसिरमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् ।

पौडेल पनि आफ्नै क्षेत्रमा

तनहुँ २ बाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल प्रचारको अन्तिम दिन दमौलीमा हुने चुनावी सभामा सहभागी हुँदै छन् । सो सभाका लागि महामन्त्री डा. शशांक कोइराला, डा. रामशरण महतसहितका नेता पुग्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । सभापछि पौडेलले दमौलीका केही स्थानमा हुने कोणसभालाई सम्बोधन गर्ने र नेता–कार्यकर्तासँग भेटघाटको समय राखेको छन् ।

महामन्त्री नवलपरासी र तनहुँमा व्यस्त

महामन्त्री डा. शशांक कोइराला तनहुँको दमौलीमा हुने चुनावी सभा र आफ्नै निर्वाचन क्षेत्र पूर्वी नवलपरासीको नवलपुरमै व्यस्त हुनेछन् ।

घरदैलो सकेर देशभर चुनावी सभामा एमाले

दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरको बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।

प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन्, कतिपय स्थानमा अन्तिम घरदैलोलगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।

नेताहरू चुनावी सभामै केन्द्रित

चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् ।

संयुक्त अपिलको तयारी

वाम गठबन्धनका तर्फबाट मतदातालाई गठबन्धनलाई आह्वान गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अपिल निकाल्ने तयारी गरेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर अपिलमार्फत मतदातालाई आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रवक्ता रिमालले बताए ।

आयोगको ‘इलेक्सन क्विज’प्रति एमालेको आपत्ति

निर्वाचन आयोगले विभिन्न १० टिभी स्टेसनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति गम्भीर आपत्ति जनाउँदै एमालेले त्यस्तो प्रचार तत्काल स्थगित गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै एमालेले अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘तीन २ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखेर कांग्रेसको एकपक्षीय प्रचार गरेको आरोप लगाएको छ । आयोगकै संलग्नतामा त्यस्तो प्रचार भए सम्बन्धित निर्वाचन आयुक्तलाई कारबाही गर्नसमेत एमालेको माग छ ।

‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारका रूपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारीबेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारबाहीका लागि माग गर्दछ ।’

माओवादी घरदैलो र चुनावी प्रशिक्षणमा

प्रचारको अन्तिम दिन माओवादी नेता ठूला आमसभा र कोणसभा कम गर्दै छन् । मतदाताकेन्द्रित अभियानलाई उनीहरूले प्राथमिकतामा राखेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान एमाले र माओवादी युवाले गर्ने मार्चपासमा सहभागी हुँदै छन् । उनले दिउँसो एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र रहेको टाँडीमा हुने आमसभालाई सम्बोधन गर्ने छन् । त्यसपछि नेता–कार्यकर्तासँग भेटघाट र प्रशिक्षणमा सहभागी हुनेछन् । निर्वाचन नहुदासम्म प्रचण्ड चितवनमै बस्ने छन् ।

कृष्णबहादुर महरा

कृष्णबहादुर महरा आफू उम्मेदवार रहेको दाङ क्षेत्र नम्बर २ मै ब्यवस्त हुनेछन् । विहान घोराही उपहानगरपालिकाको १४ र १५ वडामा घर दैलो तथा भेटघाट कार्यक्रम राखिएको छ । दिउँसो खाना खाएपछि एमाले–माओवादीलगायत बामगठबन्धनका नेता÷कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

टोपबहादुर रायमाझी

नेता टोपबहादुर रायमाझी उम्मेदवार रहेको अर्घाखाँचीमा एक आमसभा र दुई कोण सभा राखिएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा विहान आमसभा छ । मालारानीकै वडा ४ र ५ मा कोणसभाको छ ।

पम्फा भुसाल

ललितपुर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी पम्फा भुसाल सोमबार धापाखेलको कोण सभा आयोजनामा सहभागी हुने छिन् । कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने उनको योजना छ ।

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.