युरोपियन नेसन्स लिग : पोर्चुगल र क्रोएसिया भिड्दै, अरू कुन-कुन राष्ट्र प्रतिस्पर्धामा ?

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलहरू आज (बिहीबार) बाट सुरु हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणका खेलहरू सुरु हुन लागेका हुन् ।

युरोपियन फुटबल महासंघको आयोजना हुने प्रतियोगिताको पहिलो र दोस्रो गरी दुई चरणको खेल यो महिनामा हुने छ भने तेस्रो र चौथौ अक्टोबरमा अनि पाँचौं र छैंटौ चरणका खेल नोभेम्बरमा हुने छ ।

आज पहिलो संस्करणको नेसन्स लिगको विजेता पोर्चुगल र क्रोएसियाले प्रतिस्पर्धा गर्दै छन् । यो खेल नेपाली समयानुसार राति १२ः३० बजेदेखि पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा हुने छ ।

आज एक-अर्काविरुद्ध जित निकाल्दै पोर्चुगल र क्रोएसिया सुखद सुरुआत गर्न चाहन्छन् । पोर्चुगलको टोलीमा मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि समावेश गरेका छन् । कप्तान रोनाल्डो गत महिना सम्पन्न युरो कपमा गोलविहीन बनेका थिए ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् । उनले हालसम्म राष्ट्रका लागि दुई सय १२ खेल खेलेर १३० गोल गरेका छन् । तर, रोनाल्डोको युरो कप २०२४ भने निराशाजनक रह्यो । सन् २०१६ को युरोकप जितेका रोनाल्डो गत संस्करणको प्रतियोगितामा भने पाँच खेल खेल्दा गोल गर्न सकेनन् । पोर्चुगल पनि क्वार्टरफाइनल खेलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो ।

अब, यसपालि भने रोनाल्डो र उनी सम्मेलित पोर्चुगलको टिम युइएफए नेसन्स लिगको उपाधि जित्ने योजनामा रहने छ । मार्टिनेजको टोलीमा रोनाल्डोबाहेक जाओ फेलिक्स, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भालगायत पनि समावेश छन् ।

यता, क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले स्टार मिडफिल्डर लुका मोड्रिकलाई समावेश गरेर नेसन्स लिगका लागि टोलीको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ३८ वर्षीय मोड्रिकका साथै टोलीमा माटेओ कोभासिच, इभान पेरिसिचलगायत खेलाडी पनि समावेश छन् ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज कुन-कुन खेल हुँदै छन् ?

१. अजरबैजान भर्सेस स्विडेन- राति ९ः४५ बजे
२. बेलारुस भर्सेस बुल्गेरिया- राति १२ः३० बजे
३. सान मारियो भर्सेस लेइस्टरचेन- राति १२ः३० बजे
४. उत्तरी आयरल्यान्ड भर्सेस लक्जम्बर्ग- राति १२ः३० बजे
५. स्टोनिया भर्सेस स्लोभाकिया- राति १२ः३० बजे
६. सर्बिया भर्सेस स्पेन- राति १२ः३० बजे
७. स्कटल्यान्ड भर्सेस पोल्यान्ड- राति १२ः३० बजे
८. डेनमार्क भर्सेस स्विट्जरल्यान्ड- राति १२ः३० बजे
९. पोर्चुगल भर्सेस क्रोएसिया- राति १२ः३० बजे

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top