२० भदौ, विराटनगर ।
फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३औं संस्करणमा छनोट हुन आज एसियन राष्ट्रहरूले प्रतिस्पर्धा गर्दै छन् । सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने विश्वकपको एसियन छनोटमा आज १८ देशहरूले खेल्न लागेका हुन् ।
विश्वकपको एसियन छनोटअन्तर्गत आज तेस्रो चरणका खेलहरू हुन लागेका हुन् । जसअन्तर्गत आज दक्षिण कोरिया, अस्ट्रेलिया, जापान, युएई, कतारलगायत राष्ट्रले खेल्दै छन् ।
विश्वकप खेल्न अहिले १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।
एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् ।
सन् १९३० यता हुँदै आएको विश्वकपमा सन् १९९८ देखि हरेक ३२ टोलीले भाग लिइरहेका थिए । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । तर, पहिलोपटक २०२६ मा ४८ देश सहभागी हुनेछन् । ४६ टोली क्वालिफायर खेल खेलेर छनोट हुनेछन् भने मिनी प्रतियोगिताबाट दुई टोली छनोट हुनेछन् ।
आज हुने खेलहरू:
१. अस्ट्रेलिया भर्सेस बहराइन- दिउँसो ३ः५५ बजे
२. जापान भर्सेस चीन- अपराह्न ४ः२० बजे
३. दक्षिण कोरिया भर्सेस प्यालेस्टाइन- साँझ ४ः४५ बजे
४. उज्वेकिस्तान भर्सेस उत्तर कोरिया- साँझ ७ः४५ बजे
५. इराक भर्सेस क्रिगिस्तान- बेलुकी ९ः४५ बजे
६. इराक भर्सेस ओमन- बेलुकी ९ः४५ बजे
७. कतार भर्सेस युएई- बेलुकी ९ः४५ बजे
८. जोर्डन भर्सेस कुवेत- बेलुकी ११ः४५ बजे
९. साउदी अरेबिया भर्सेस इन्डोनेसिया- बेलुकी ११ः४५ बजे