टेस्टमा आठौं स्थानमा झर्यो पाकिस्तान, बाबर शीर्ष १० बाट बाहिरिए

१९ भदौ ८१, बिहीबार

२० भदौ ,एजेन्सी ।

पाकिस्तानका पूर्वकप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिएका छन् । बाबर सन् २०१९ को डिसेम्बरमा १३ औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन् । बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहेका छन् ।

बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलामा बाबरले चार इनिङमा ६४ रन मात्र बनाउन सके । घरेलु मैदानमा २–० ले पराजित भएपछि पाकिस्तान आइसिसीको नयाँ टेस्ट वरियतामा आठौं स्थानमा झरेको छ । टेस्ट क्रिकेटमा बाबरको संघर्ष केही समययता स्पष्ट रूपमा देखिएको छ । सन् २०२२ को डिसेम्बरदेखि उनले शतक बनाउन सकेका छैनन् ।

Advertisement

पछिल्लो १६ इनिङ्समा अर्धशतक बनाउन सकेका छैनन् । २९ वर्षीय बलरको खराब फर्मले पाकिस्तानको घरेलु प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ, जसमा टोलीले बंगलादेशविरुद्धको पहिलो टेस्ट खेलमा १० विकेटको हार बेहोरेको थियो । दोस्रो टेस्टमा पाकिस्तानले बंगलादेशलाई २६÷६ को स्थितिमा उभ्याएको थियो तर अवसरको सदुपयोग गर्न सकेन र बंगलादेशले खेल आफ्नो नियन्त्रणमा लियो ।

इङ्ल्यान्डका जो रुटको ब्याटिङ चार्टमा दबदबा कायमै छ । रुटको ९२२ अंक छ । यो दोस्रो स्थानमा रहेका केन विलियम्सनभन्दा ६३ अंकले बढी हो । सन् २०२२ को जुलाईमा एजबेस्टनमा भारतविरुद्ध शतक प्रहार गरेपछि प्राप्त गरेको ९२३ रेटिङबाट रुटले आफ्नो व्यक्तिगत उत्कृष्ट रेकर्ड तोड्ने मौका पाएका छन् । श्रीलंकाविरुद्ध रुट उत्कृष्ट लयमा छन् ।

Advertisement

लर्ड्स टेस्टको प्रत्येक इनिङ्समा दुई शतक बनाएका रुटले एलिस्टेयर कुकलाई पछि पार्दै टेस्टमा सर्वाधिक शतक बनाउने इङ्ल्यान्डको नयाँ कीर्तिमान बनाएका हुन्। रुटले आफ्नो अंक संख्या ३४ पु¥याएका थिए । न्युजिल्यान्डका डेरिल मिचेल, अस्ट्रेलियाका स्टिभ स्मिथ र इङ्ल्यान्डका ह्यारी ब्रुक शीर्ष पाँचमा छन् ।

भारतीय टेस्ट ब्याट्सम्यान रोहित शर्मा छैटौं, यशस्वी जैसवाल सातौं र विराट कोहली आठौं स्थानमा छन् । भारतका तीनै ब्याट्सम्यानले सेप्टेम्बर १९ देखि घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई टेस्टको शृंखलामा आफ्नो रेटिङ अंक बढाउने मौका पाएका छन् ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top