२० भदौ ,एजेन्सी ।
पाकिस्तानका पूर्वकप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिएका छन् । बाबर सन् २०१९ को डिसेम्बरमा १३ औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन् । बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहेका छन् ।
बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलामा बाबरले चार इनिङमा ६४ रन मात्र बनाउन सके । घरेलु मैदानमा २–० ले पराजित भएपछि पाकिस्तान आइसिसीको नयाँ टेस्ट वरियतामा आठौं स्थानमा झरेको छ । टेस्ट क्रिकेटमा बाबरको संघर्ष केही समययता स्पष्ट रूपमा देखिएको छ । सन् २०२२ को डिसेम्बरदेखि उनले शतक बनाउन सकेका छैनन् ।
पछिल्लो १६ इनिङ्समा अर्धशतक बनाउन सकेका छैनन् । २९ वर्षीय बलरको खराब फर्मले पाकिस्तानको घरेलु प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ, जसमा टोलीले बंगलादेशविरुद्धको पहिलो टेस्ट खेलमा १० विकेटको हार बेहोरेको थियो । दोस्रो टेस्टमा पाकिस्तानले बंगलादेशलाई २६÷६ को स्थितिमा उभ्याएको थियो तर अवसरको सदुपयोग गर्न सकेन र बंगलादेशले खेल आफ्नो नियन्त्रणमा लियो ।
इङ्ल्यान्डका जो रुटको ब्याटिङ चार्टमा दबदबा कायमै छ । रुटको ९२२ अंक छ । यो दोस्रो स्थानमा रहेका केन विलियम्सनभन्दा ६३ अंकले बढी हो । सन् २०२२ को जुलाईमा एजबेस्टनमा भारतविरुद्ध शतक प्रहार गरेपछि प्राप्त गरेको ९२३ रेटिङबाट रुटले आफ्नो व्यक्तिगत उत्कृष्ट रेकर्ड तोड्ने मौका पाएका छन् । श्रीलंकाविरुद्ध रुट उत्कृष्ट लयमा छन् ।
लर्ड्स टेस्टको प्रत्येक इनिङ्समा दुई शतक बनाएका रुटले एलिस्टेयर कुकलाई पछि पार्दै टेस्टमा सर्वाधिक शतक बनाउने इङ्ल्यान्डको नयाँ कीर्तिमान बनाएका हुन्। रुटले आफ्नो अंक संख्या ३४ पु¥याएका थिए । न्युजिल्यान्डका डेरिल मिचेल, अस्ट्रेलियाका स्टिभ स्मिथ र इङ्ल्यान्डका ह्यारी ब्रुक शीर्ष पाँचमा छन् ।
भारतीय टेस्ट ब्याट्सम्यान रोहित शर्मा छैटौं, यशस्वी जैसवाल सातौं र विराट कोहली आठौं स्थानमा छन् । भारतका तीनै ब्याट्सम्यानले सेप्टेम्बर १९ देखि घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई टेस्टको शृंखलामा आफ्नो रेटिङ अंक बढाउने मौका पाएका छन् ।