×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

विश्वकप छनोट : मेसीबिनाको खेलमा अर्जेन्टिनाको सहज जित

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

साविक विजेतासमेत रहेको अर्जेन्टिनाले आगामी दुई वर्षपछि हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटको खेलमा सहज जित आत्मसात् गरेको छ ।

Advertisement
Advertisement

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी चिलीलाई घरेलु मैदान स्टेडियो मास मोनुमेन्टलमा ३-० गोलले हराएको हो ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डेबालाले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले तीन गोल थपेको थियो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै अल्भारेजको पासमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले नै अग्रता दोब्बर बनाए । इन्जुरी समयको पहिलो मिनेटमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको बललाई डिबालाले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए ।

चिलीसँगको खेलमा कप्तान तथा अनुभवी स्ट्राइकर लियोनल मेस्सीले भने खलेनन् । चोटका कारण उनी गत महिनायता मैदान प्रवेश गर्न पाएका छैनन् ।

जितसँगै छनोट चरणको अंक तालिकामा शीर्षता कायमै राखेको छ । जम्मा सात खेल खेलेको अर्जेन्टिनाले १८ अंक जोडेको छ ।

Advertisement
Advertisement

चिली भने पाँच अंकका साथ नवौं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top