२१ भदौ, विराटनगर ।
चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत का खेलहरू पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन स्पेन अंक बाँड्न बाध्य भएको छ । बिहीबार राति समूह चरणको पहिलो खेलमा स्पेनले सर्बियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
युरोपियन फुटबल महासंघको आयोजना भएको खेलमा उसले निर्धारित समयसम्म गोल गर्न सकेन । सर्बियाको घरेलु मैदान रेड स्टार स्टेडियम भएको पाहुना टोली स्पेन गोलरहित बराबरीमा रोकिएको हो ।
खेलमा ७४ प्रतिशत बल पोजिसन बनाएको स्पोनले घरेलु टोलीमाथि गोल भने गर्न सकेन । कुल २१ सट प्रहार गरेको स्पेनलले खेलमा कुनै गोल गरेन । यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेको छ ।
नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो । हालै सम्पन्न युरोकपमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले उपाधि जितेको थियो ।स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले युवा स्टारहरूलाई मैदान उतारेका थिए । स्पेनको टोलीमा लामिन यमल, फेरान टोरेस, पेड्री, डानी ओल्मो, रोड्रिगोलगायत समावेश छन् । टोलीमा अल्भारो मोरटा र युनाई सिमोनले चोटका कारण स्थान बनाउन सकेका थिएनन् भने नाचो फर्नान्डेज र मिकेल मेरिनोलाई टिमबाट बाहिर राखिएको थियो ।