Nepal Times
Nepal Times
3
Shares

दुई पेनाल्टी गोलको सहायतामा पोल्यान्डको संघर्षपूर्ण जित

दुई पेनाल्टी गोलको सहायतामा पोल्यान्डको संघर्षपूर्ण जित

२१ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलमा पोल्यान्डले संघर्षपूर्ण जित आत्मसात् गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३-२ गोलले हराएको हो ।

स्कटल्यान्डको मैदान हाम्पडेनपार्कमा भएको खेलमा पोल्यान्डलाई जिताउन सेबेस्टेन सिमान्स्की, रोबर्ट लेवान्डोस्की र निकोला जेलेन्स्कीले एक-एक गोल गरे । स्कटल्यान्डका बिली गिल्मोर र स्कट एमसी टोमिनले एक-एक गोल गरे ।

पोल्यान्डले दुई पेनाल्टी गोलको सहायतामा संघर्षपूर्ण जित निकालेको हो । पेनाल्टीमा लेवान्डोस्की र जेलेन्स्कीले गोल गरेका थिए ।

युरोपियन फुटबल महासंघको आयोजना जारी प्रतियोगिताको पहिलो र दोस्रो गरी दुई चरणको खेल भइरहेको छ । अब, पोल्यान्डले क्रोएसियासँग सोमबार राति खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.