फुटबलका रेकर्डधारी रोनाल्डो : जसले बनाए नयाँ कीर्तिमान

२० भदौ ८१, शुक्रबार

२१ भदौ, विराटनगर ।

समकालीन फुटबलका महान् हस्तीमध्येका एक मानिने क्रिस्टियानो रोनाल्डोले अर्को एउटा कीर्तिमान बनाएका छन् । उमेरले ३९ पुग्दा पनि राष्ट्र र क्लबका लागि फुटबलमा प्रभाव कायमै राख्न सफल बनेका रोनाल्डोले नयाँ इतिहास रचेका हुन् ।

युरोपियन नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको समूह चरणको खेलमा गोल गरेका रोनाल्डोले करियरको ९००औं गोल पूरा गरेका छन् ।

गए राति पोर्चुगलले क्रोएसियामाथि २-१ गोलको जित निकालेको थियो । पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डो र डियोगो डालोटले एक-एक गोल गरेका थिए । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको ३४औं मिनेटमा गोल गर्दै रोनाल्डोले रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ ।

फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ३१ गोल गरेका छन् भने क्लब करिअरमा सात सय ६९ गोल गरेका छन् ।  राष्ट्रका लागि दुई सय १३ खेल खेलेका रोनाल्डोले ४५ गोलमा पास पनि मिलाएका छन् ।

नौ सय गोल पूरा गरेपछि रोनाल्डोले मैदानमा घुँडा टेकेर उत्सव मनाएका थिए । खेलपछि रोनाल्डोले भने, ‘यसले धेरै अर्थ राख्छ । यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें । म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो ।’

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट ४५० गोल गरेका छन् भने इंग्ल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल–नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् ।

पाँचै पटक च्याम्पियन्स लिग जितेका रोनाल्डो आफ्नो खेल करिअरको अन्त्यतिर आएका छन् । तथापि, उनले सन्न्यास लिने मनसाय बनाइसकेका छैनन् ।

रोनाल्डोले सन् २००६-०७ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसपछि स्पेनिस क्लब रियल मड्रिड पुगेका रोनाल्डोले सन् २०१४, २०१६, २०१७, २०१८ मा च्याम्पियन्स लिग जितेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top