फ्रान्स र इटाली भिड्दै, नेसन्स लिगमा हुँदै छन् यी आठ खेलहरू

२० भदौ ८१, शुक्रबार

२१ भदौ, विराटनगर ।

युरोपियन फुटबल महासंघको आयोजनामा हुने चौथो संस्करणको युरोपियन नेसन्स लिगमा आज आठ खेलहरू हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगको समूह चरणअन्तर्गत आज १६ वटा टोलीले एक-अर्कासँग प्रतिस्पर्धा गर्न आँटेका हुन् ।

आजको आकर्षक खेलका रूपमा सन् २०१८ को विश्वविजेता फ्रान्स र इटालीबीचको ‘म्याच’ रहेको छ । फ्रान्सको राजधानी पेरिस्थित पिएसजीको मैदानमा हुने फ्रान्स र इटालीबीचको खेल नेपाली समयानुसार राति १२ः३० बजे हुने छ ।

यस खेलका लागि अहिलेका स्टार खेलाडी विश्वकप विजेता किलियन एम्बाप्पे पिएसजीको मैदान फर्किँदै छन् । हालैमात्र एम्बाप्पे पिएसजीबाट स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए ।

फ्रान्सको टिममा एम्बाप्पेसहित र केही नवप्रतिभावान खेलाडी पनि छन् । मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पको टोलीमा एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् ।

त्यसबाहेक रियल मड्रिडकै फेर्लान मेन्डी, अल इतिहादका एनगोलो काँटे, एसी मिलानका थियो हर्नान्डेज, इन्टर मिलानका मार्कस थोरम, पिएसजीका रान्डल कोलो मौनीलगायत खेलाडी फ्रान्सको टिममा छन् ।  फ्रान्सले सोमबार बेल्जियमसँग खेल्ने छ ।

यता, इटालीको टोलीमा भने १० महिनाको प्रतिबन्धपछि सान्ड्रो टोनालीले पनि पुनरागमन गरेका छन् । एसी मिलान र ब्रेसियामा सट्टेबाजी गरेको आरोपमा इटालियन फुटबल फेडेरेसनले उनलाई एक वर्षअघि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि प्रशिक्षक लुसियानो स्पालेट्टीले उनलाई टोलीमा बोलाएका हुन् । त्यसबाहेक इटालीको टोलीमा लेस्टरका डिफेन्डर कालेब ओकोली र एटलान्टाका मिडफिल्डर मार्को ब्रेसियानीलाई पनि पहिलोपटक समावेश गरिएको छ ।

टोलीमा पिएसजीका गोलरक्षक जियानलुइगी डोनारुम्मा, इन्टर मिलानका फेडेरिको डिमार्को, युभेन्टसका फेडेरिको गाट्टी, रोमा लोरेन्जो पेलेग्रिनी, फियोरेन्टिनाका मोइस केन, र लाजियोका माटिया जाकाग्नी छन् । इटालीले सोमबार नै बुडापेस्टमा इजरायलको सामना गर्नेछ ।

अरू कुन-कुन खेल हुँदै छन् त? 
१. काजखस्तान भर्सेस नर्वे- साँझ ७:४५ बजे
२. लिथुनियाँ भर्सेस साइप्रस- बेलुकी ९:४५ बजे
३. बेल्जियम भर्सेस इजराइल- राति १२:३० बजे
४. वेल्स भर्सेस टकी- राति १२:३० बजे
५. आइसल्यान्ड भर्सेस मोन्टेनेग्रो- राति १२:३० बजे
६. स्लोभेनिया भर्सेस अस्ट्रिया- राति १२:३० बजे
७. कोसोभो भर्सेस रोमनियाँ- राति १२:३० बजे
८. फ्रान्स भर्सेस इटाली- राति १२:३० बजे

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top