×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

२१ भाद्र २०८१

२१ भदौ , विराटनगर ।
हिन्दु नारीहरुले आज हर्षोउल्लाहसका साथ हरितालिका तीज मनाउदैछन् । हुन त तीजको अर्थ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन,हरितालिका अर्थात् तीज हो भनेर नेपाली बृहत् शब्दकोशमा नै परिभाषित गरिएको छ । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ।

हुन त तीजमा सत्य युगमा हिमालयकी छोरी पार्वतीले निराहार व्रत बसेर महादेव पति पाएको मिथकको अनुशरण गर्दै हिन्दु नारीहरू व्रत बस्ने गरेको परम्परा छ । असल पति पाउने आशा तथा पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गरिएका पूजापाठ एवंं कठोर व्रत एउटा पाटो छ भने अर्कातिर महिनावारीको पाप पखाल्न पुरुषकै नेतृत्वमा पूजापाठ गर्ने र पवित्र भएँ भन्ने भ्रम पाल्ने पाटो छ ।

पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएता पनि पछिल्लो समय भने तीज आउनुु भन्दा महिनौ दिन अघि देखि तारे होटलमा तामझामका साथ गरिने दरका कार्यक्रमले भने तीज वर्षैपिछे झन झन भड्किलो बन्दै गएको देखिन थालेको छ ।

हुन त तीज लगायतका अन्य प्राय सबै चाडपर्व सामाजिक एकतालाई बलियो बनाउने र समाजसँग एक–अर्कालाई बलियोसँग जोड्ने भरपर्दो माध्यम बन्नुपर्ने हो । तर कतिपय संस्कारले वर्तमानका सापेक्षमा परिमार्जनको ढोका चियाइरहेका छन् भने कतिपयले वर्तमानमा विकृति फैलाउने संस्कृति बन्ने भयबाट ग्रसित हुनुपरेको छ ।

यस्तै संघारमा लर्खराएर उभिएका संस्कृतिहरु मध्येको एक चाडका रुपमा पनी हरितालिका तीजलाई लिने गरिन्छ । तीजका सन्दर्भमा हाम्रै समाजमा देखिएका उदाहरणहरुले चाडबाडको नाममा विकृती कसरी मौलाइरहेको छ स्पष्ट पारेको छ । कतिका घरमा चुलो बल्ने अवस्था नभएता पनि समाजमा इज्जत जोगाउनकै निम्ती भन्दै ऋण सापटी गरेर भएपनि लत्ताकपडा तथा गहना किनेर मनाइरहेका छन ।

घरभित्र बसेर रमाउने मात्र नभई दुनियाँलाई देखाउन पार्टी प्यालेस र रेस्टुरेन्टमा दर कार्यक्रमको आयोजना गरिरहेका छन भने दुःखसुखका गीत त कहाँ हो कँहा छाडा र उत्तेजक गीतमा अपाच्य नाच देखाइरहेका छन । के यो सब संस्कृतिका नाममा फैलिएको विकृति हैन र??
परम्परागत रूपमा हेर्दा तीजका सन्दर्भमा दर भनेको तीजको अघिल्लो रात व्रतालुले भाले बास्नुअघि नै खाइने शाकाहारी परिकार हो ।

तीजको अघिल्ला रात स्त्रीहरूले खाने विशेष दरिलो भोजन नै ‘दर’ हो भनी प्रज्ञा नेपाली बृृहत् शब्दकोशले परिभाषित गरेको छ । तर, पछिल्लो केही वर्षयता भने नेपालको विशेष गरी सहरिया समाजमा देख्दै आएको ‘दर कार्यक्रम’को दृश्यले भने परम्परागत आस्था र शब्दकोश दुवैको व्याख्यालाई नै ओझेलमा पारेको छ । महिनौ दिन अघि देखि आयोजना गरिने दरका कार्यक्रमले अहिले दर तीजको कति दिनअघिदेखि सुरु हुन्छ भनी ठाक्यै भन्न सक्ने अवस्था नै छैन् ।

तीज र दर संगै जोडिएको अर्को प्रमुख विषय हो तीजका गीतहरु ।हरेक साल जस्तै यो साल पनि गीतहरुलाई नियाल्दा तीज रत्यौलीमय हुदै गइरहेको छनक पाइन्छ, जुन कुरा सहजै रुपमा गायक गायिकाहरु र यस क्षेत्रसँग सम्वन्धीत सवैले स्विकार्ने गरेका छन । गीत संगीत मार्फत माइती संग छुट्नु पर्दाको न्यास्रो खुशी र बेदना मेट्ने परम्परा बोकेको तीजले वाइन र ह्विस्कीको नसा र हिन्दि आइटम गीतहरुको प्रवेशलाई सजिलो संग पचाउन थालेको महसुस गरिएको छ ।

पहिले पहिले दिदीबहिनीले कर्मघरमा पाएका दुःख, भोगेका प्रताडना र संघर्ष अनि खुशीलाई भाका बनाएर तीज गीत बन्ने गर्थे। तर आज भोलि भने सस्तो लोकप्रियताका नाममा तीज गीतमा पनि विकृति भित्रिएका छन् । यस्ता गीतहरुले गर्दा पनि नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । भाइरल बनाउने होडमा लेखिएका तीज गीत रत्यौली बनिरहेका छन्। भने पछिल्ला तीज गीतमा छाडा शब्द थुपारिएका छन्, अश्लीलता लेखिएका छन् अनी भद्दा मजाक र द्विअर्थी भावमा गीत बनिरहेका छन्।

नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका तीजलगायतका विभिन्न चाडपर्व परिवार, साथीभाइ जमघट, नाचगान गर्दै खुसी साट्ने अवसरमा मात्र सीमित देखिन्न । तीजका नाममा देखावटी प्रतिस्पर्धा बढ्दो छ । तीजको दर खाने नाममा अघिल्लो रात आवश्यकताभन्दा बढी खाने र भोलिपल्ट निराहार बसेर साँझ श्रीमान्का गोडा धोएर पानी खानु आफ्नो स्वास्थ्यका लागि पनि पक्कै राम्रो होइन ।

त्यसैले आजका दिनमा मनाइने तीजलाई पनि महिला दिदीबहिनीका सुख, दुःख, अनुभव साटासाट गर्ने, नाचगान गरेर रमाइलो गर्ने, आफन्त र साथीसँगीसित भेटघाट गर्ने महत्वपूर्ण र रमाइलो अवसरका रूपमा सदुपयोग गर्नु आवश्यक देखिन्छ । तीजलगायत सम्पूर्ण चाडपर्व सामाजिक एकतालाई बलियो बनाउने र समाजसँग एक–अर्कालाई बलियोसँग जोड्ने भरपर्दो माध्यम बन्न सक्नुपर्छ ।

यसरी तिजमा हुने नाचगान र दर कार्यक्रमलाई पितृसत्तात्मक परिवारले निर्माण गरेको दृष्टिकोणले हेर्ने र बुझ्ने अभ्यास भएको देखिएको छ । औद्योगिक क्रान्तिपछि महिला र पुरुषको लैंगिक भूमिका प्रभावित भएको छ ।जस्ले गर्दा महिलाहरू घरधन्दामा मात्र सीमित रहेका छैनन् । आफ्नो भूमिकालाई उत्पादनका विविध आयाममा विस्तार गरी आय–आर्जनमा पहुँच कायम गरेको अवस्थामा देखिएका छन् अहिलेका महिलाहरु ।

आजका नेपाली महिला कोही जागिरे छन भने कोही व्यापार व्यवसाय तथा कोही राजनीति गर्ने स्थानमा छन।त्यसैले महिलाको लैंगिक भूमिकामा देखिएको यस्तो परिवर्तनको सकारात्मक असर नेपाली समाजमा देखिनु स्वाभाविकै नै हो । दर कार्यक्रमका रूपमा महिलाहरू घरबाहिर निस्किनु र उन्मुक्त किसिमले रमाउनु महिलाहरुको नैसर्गिक स्वतन्त्रता हो । त्यसैले दर कार्यक्रममा महिलाहरू परस्परमा जात, धर्म तथा क्षेत्र केहि सोध्दैनन् भने छुवाछुतको मान्यता पनि राख्दैनन् ।

त्यसैले पनि सामाजिक रूपमा हेर्दा यो दर कार्यक्रमको सबैभन्दा सुन्दर पक्ष हो । हिन्दु नारीहरुले हर्षाेल्लास रुपमा मनाउने हरितालिका तीज यसको महिमा र पछिल्लो समय तीज भित्रको विकृतिबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top