बालेनको फेसबुक पोस्ट तीन दिनपछि भयो फिर्ता

२० भदौ ८१, शुक्रबार

२१ भदौ, विराटनगर ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले लेखेको फेसबुक पोस्ट ‘रिकभरी’ भएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै बालेनले गरेको पोस्ट फेसबुकले नै हटाएको थियो ।

घरेलु बालश्रमसम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । तथापि, यसबारे फेसबुकले आधिकारिक रूपमा केही उल्लेख भने गरेको थिएन ।

Advertisement

बालेनले उक्त पोस्टमा बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

तर, बालेनको पोस्ट उडेपछि उनका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक ‘अनफलो’ अभियान चलाएका थिए । मंगलबार नेकपा एमालेका कार्यकर्ताहरूले फेसबुक पोस्टमा ‘रिपोर्ट’ गरेर आफ्नो स्टाटस नै हटेको संकेत गरेपछि बालेन समर्थकहरूले ‘फलो-अनफलो’ अभियान चलाएका थिए ।

Advertisement

जसका कारण ओलीले फेसबुकका ७७ हजार फलोअर्स गुमानु परेको थियो । ओलीसहित शीर्ष नेताहरूलाई सामाजिक सञ्जाल फेसबुकमा अनफलो गर्ने अभियान चल्दा धेरै नेताको फलोअर्स घटेको थियो ।

सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top