NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

मेसीले पनि भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मेसीले पनि भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ, एजेन्सी ।

समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशकयता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि ।

स्पेनिस लिग खेल्दाताका यी दुईलाई एकअर्काका प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरिएको थियो । उनीहरूबीचमा को उत्कृष्ट भन्ने प्रसंगले खेलक्षेत्रमा सनसनी मच्चाउथ्यो । तर, अहिले खेल करिअरको करिब–करिब अन्त्यतिर पुगेका मेसी र रोनाल्डो युरोपियन लिगबाट बाहिरिएपछि उनीहरूबीच त्यति धेरै तुलना गरिँदैन ।

LS Auto

तर, नाम र दामबाट चर्चित मेसी र रोनाल्डोको तुलना गर्नलायक अरू खेलाडी नभएकै कारण पनि वर्तमान फुटबल जगतमा यी दुईलाई एकआपसमा एक अर्काको प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । उनीहरू आफैं पनि एकअर्कालाई उछिनेर विभिन्न प्रकारका कीर्तिमान बनाउनमा ध्याउन्न छन् ।

हालैमात्र पोर्चुगलका कप्तान रोनाल्डोले अर्को एउटा कीर्तिमान बनाएका छन् । उमेरले ३९ पुग्दा पनि राष्ट्र र क्लबका लागि फुटबलमा प्रभाव कायमै राख्न सफल बनेका रोनाल्डोले नयाँ इतिहास रचेका हुन् । युरोपियन नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको समूह चरणको खेलमा गोल गरेका रोनाल्डोले करियरको ९००औं गोल पूरा गरे ।

गए राति पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित निकालेको थियो । पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डो र डियोगो डालोटले एक–एक गोल गरेका थिए । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।
खेलको ३४औं मिनेटमा गोल गर्दै रोनाल्डोले रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ ।

फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ३१ गोल गरेका छन् भने क्लब करिअरमा सात सय ६९ गोल गरेका छन् । राष्ट्रका लागि दुई सय १३ खेल खेलेका रोनाल्डोले ४५ गोलमा पास पनि मिलाएका छन् ।

नौ सय गोल पूरा गरेपछि रोनाल्डोले मैदानमा घुँडा टेकेर उत्सव मनाएका थिए । खेलपछि रोनाल्डोले भने, ‘यसले धेरै अर्थ राख्छ । यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें । म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो ।’

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट ४५० गोल गरेका छन् भने इंग्ल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल–नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् ।

उनको यो कीर्तिमान भने मेसीले तोड्न पनि गाह्रो–गाह्रै छ । सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्लब फुटबलबाट सात सय ३५ र अर्जेन्टिनाका लागि एक सय नौ गोल गरी जम्मा ८४४ गोल गरेका छन् । रोनाल्डोभन्दा मेस्सी ५६ गोलले पछाडि छन् ।

मेस्सीले बार्सिलोनाका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् भने पिएजीका लागि ७५ खेलमा ३२ गोल गरेका छन् । यसैगरी, उनले इन्टर मियामीका लागि २९ खेलमा २५ गोल गरेका छन् भने बार्सिलोनाकै एट्लेटिकका लागि २२ खेलमा ६ गोल गरेका छन् । विश्वकप विजेतासमेत रहेका मेस्सीले एक सय ८७ खेल खेल्दा एक सय नौ गोल गरेका छन् ।

रोनाल्डो र मेसी दुवै आफ्नो खेल करिअरको अन्त्यतिर त छन् । सन्न्यास लिने मनसाय भने बनाइसकेका छैनन् । एक–अर्काभन्दा अब्बल देखिन उनीहरूबीच भएको व्यक्तिगत प्रतिद्वन्द्विताले फुटबल इतिहासमा विभिन्न कीर्तिमानहरू बन्दै आएका छन् । जुन, रेकर्ड तोड्न नयाँ खेलाडीलाई असम्भवप्रायः छ ।

Tags: #मेसी #रोनाल्डो

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.