बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

२१ भदौ ८१, शनिबार

२२ भदौ , काठमाण्डौ ।

 मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभरको मौसम कस्तो छ, कहाँ कति वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।

Advertisement

यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र कर्णाली प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ । यसैबीच पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

Advertisement

उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन् । शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ । स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको पाइएको छ । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top