२२ भदौ, एजेन्सी ।
युरोपियन फुटबल महासंघको आयोजनामा जारी चौथो संस्करणको युरोपियन नेसन्स लिगमा वेल्सले टर्कीसँग बराबरी खेल्दै अंक बाँडेको छ । शुक्रबार राति समूह चरणको पहिलो खेल खेलेको वेल्सले टर्कीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदान कार्डिफ सिटी स्टेडियममा भएको खेलमा वेल्सले पाहुना टोली १० खेलाडीमा सीमित हुँदा पनि जित निकाल्न सकेन । खेलको खेलको ६२औं मिनेटमा बारिस अल्फेर यिल्माजले रातो कार्ड पाएर मैदान छोडेका थिए ।
तर, पनि आरोन राम्से सम्मेलित टोली वेल्सले त्यसको फाइदा उठाउन सकेन ।