टिनएजरलाई युट्युबमा फिटनेस भिडियो हेर्न प्रतिबन्ध

२१ भदौ ८१, शनिबार

२२ भदौ ,एजेन्सी ।

.टिनएजरले अबदेखि युट्युबमा फिटनेस सम्बन्धी भिडियोहरु हेर्न नपाउँने भएका छन् । युट्युबले कतिपय स्वास्थ्य तथा फिटनेस सम्बन्धी भिडियोहरुमा किशोरकिशोरीहरुको पहुँचमा प्रतिबन्ध लगाएको छ । १३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरु सीमित शारीरिक व्यायाम तथा फिटनेस सम्बन्धी भिडियोहरु हेर्न सक्षम हुन्छन् ।

तर युट्युबले ती किशोरकिशोरीहरुलाई त्यस्ता भिडियो फेरि दोहो¥याएर हेर्न अनुमति दिँदैन वा त्यस्ता भिडियो सिफारिस गर्दैन । त्यस्ता भिडियोले उक्त उमेर समूहका किशोरकिशोरीहरुलाई नकारात्मक विश्वास वा भावना पैदा गर्ने भन्दै युट्युबले प्रतिबन्ध लगाएको जनाएको छ । युट्युबको यस्तो निर्णयबारे विज्ञहरूले भने स्वागत गरेका छन् ।

Advertisement

यद्यपि युवाहरुका लागि फिटनेस र स्वास्थ्यबारे सँगसँगै व्यापक बहस हुनुपर्ने पनि उनीहरुको भनाइ छ । सामान्यतया कुनै भिडियो एक पटक हेरेपछि प्रयोगकर्तालाई त्यस सम्बन्धी अन्य भिडियोहरु पनि युट्युब अलगोरिदमले साइडबार डिस्प्लेमा बारम्बार पठाउने गर्छ । अब भने युट्युबले टिनएजरहरुलाई त्यस्ता भिडियो पठाउने छैन ।

युट्युबको युवा तथा परिवार सम्बन्धी सल्लाहकार कमिटीले वयष्कहरुभन्दा टिनएजरहरुमा त्यस्ता भिडियो दोहो¥याएर हेर्दा नकारात्मक विश्वास पैदा हुने भन्दै यस्तो निर्णय गर्न सुझाव दिएको हो । यससँगै अब यस्ता भिडियो अवलोकन गर्नुअघि प्रयोगकर्ताले वास्तविक जन्ममिति पनि लेख्नुपर्ने हुन्छ । तर यसरी प्रयोगकर्ताले दाबी गरेको जन्ममितिलाई युट्युबले भेरिफाइ भने गर्दैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top