NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान बुधबार असार १८ , २०८२
सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम बुधबार असार १८ , २०८२
काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा बुधबार असार १८ , २०८२
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

८ वर्षदेखि देशभरमै भेटिएन सर्वोत्कृष्ट कर्मचारी

शनिबार भदौ २२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
८ वर्षदेखि देशभरमै भेटिएन सर्वोत्कृष्ट कर्मचारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ भदौ , एजेन्सी ।

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

आज सिंहदरबार परिसरमा आयोजना भएको निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

Advertisement

पछिल्लो पटकट २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन । निजामती सेवा दिवस २२ भदौको दिन सरकारले वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गर्दछ ।

२०१३ साल भदौ २२ गते पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । यसैबीच प्रधानमन्त्री ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको पनि बताएका छन् । उनले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए ।

उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे। उनले अहिले मनलाई दह्रो बनाई कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए ।

यस्तै ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरे । भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा सम्लग्न नहुन आग्रह गरे । उनले कर्मचारीहरुको प्रयोग नगरी नेताहरुले पनि भ्रष्टचार गर्न नसक्ने बताए ।

उनले भने, ’तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसक्क हाँसिदिनुस’, प्रधानमन्त्री ओलीले भने, ’म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिइन्नँ ।

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । यस्तै उनले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता पनि जनाए ।

ओलीले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने जनाए । उनले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताए । जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने ओलीको भनाइ छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिमा पास गरिएको उल्लेख गर्दै उनले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने सुनाए । यस्तै कार्यक्रममा बोल्दै मुख्यसचिव एकनारायण अर्यालले पनि निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज विभिन्न चुनौतिहरु खडा भएको उल्लेख गरे । उनले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

Tags: #कर्मचारीको तलब बढ्दैन#निजामती सेवा#सर्वोत्कृष्ट कर्मचारी

लोकप्रीय

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

बुधबार असार १८ , २०८२
सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

बुधबार असार १८ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान
अन्तर्राष्ट्रिय

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

बुधबार असार १८ , २०८२
सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम
आर्थिक

सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

बुधबार असार १८ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी
ताजा समाचार

काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा

बुधबार असार १८ , २०८२
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

बुधबार असार १८ , २०८२
सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

बुधबार असार १८ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.