आयरल्यान्डलाई उसैको मैदानमा हरायो इंग्ल्यान्डले

२२ भदौ ८१, आइतबार

२३ भदौ, विराटनगर ।

Advertisement

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत इंग्ल्यान्डले सुखद सुरुआत गरेको छ । शनिबार राति भएको समूह चरणको खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले पराजित गरेको हो ।

आयरल्यान्डको डब्लिनमा भएको खेलमा पाहुना टोलीलाई जिताउन डेक्लेन राइस र ज्याक ग्रेलिसले समान एक गोल गरे ।

Advertisement

राइसले ११औं मिनेटमै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । २६औं मिनेटमा उनैको पासमा ग्रेलिसले गोल गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए ।

युरो कप २०२४ मा फाइनलमा स्पेनसँग पराजित भएपछि प्रशिक्षक गेराथ साउथगेटले टोली छाडेका थिए । त्यसयता इङ्ल्यान्डले खेलेको यो नै पहिलो खेल हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top