जर्मनीले गर्‍यो हंगेरीको पोस्टमा गोलको वर्षा

२२ भदौ ८१, आइतबार

२३ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत जर्मनीले सानदार सुरुआत गरेको छ । शनिबार राति भएको समूह चरणको खेलमा जर्मनीले हंगेरीलाई ५–० गोलान्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन निकोलस फ्युलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्जले एक-एक गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो ।

Advertisement

खेलको २७ औं मिनेटमा मिडफिल्डर मुसियालाको पासमा फ्युलक्रुगले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

विर्ट्जले ६६औं मिनेटमा मुसियालाको पासमा गोल गरेका थिए । मुसियालाको पासमा ७७ औं मिनेटमा पावलोभिचले गोल गर्दै जर्मनीलाई ४–० को अवस्थामा पुर्‍याए ।

८१औं मिनेटमा हाभर्ट्जले पेनाल्टीमार्फत गोल जर्मनीलाई सहज जित दिलाए । खेलको म्यान अफ द म्याच मुसियाला बने ।

जुलाईमा घरेलु भूमिमा युरो कपमा क्वार्टरफाइनलमा पुगेको जर्मनी थोमस मुलर, टोनी क्रुस र म्यानुअल नुएरको सन्न्यासपछि पहिलोपल्ट मैदान उत्रिएको हो । हंगेरीविरुद्धको खेलमा सन् २०१४ को विश्वकप विजेता कोही पनि खेलाडी थिएनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top