×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तिजको पर्सिपल्ट भाउ घट्यो सुनको, कसरी हुँदै छ कारोबार ?

२३ भाद्र २०८१

२३ भदौ, विराटनगर ।

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार तिजको दिन रेकर्ड बनाएको सुनको भाउ तिजको पर्सिपल्ट आइतबार भने घटेको हो ।

Advertisement
Advertisement

शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top